संस्कार सुलाेचना पुस्तककाे अावरण, Sanskar Sulochana book cover |
पुस्तक - संस्कार-सुलोचना
लेखक - नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
प्रकाशक - नारायणप्रसाद ओझा, अनामनगर, काठमाडौँ ।
मूल्य - २९९ ।–
पुस्तकको प्रकृतिः - धार्मिक सांस्कृतिक विषवस्तुको शास्त्रीय प्रमाण समेटिएको
पुस्तक प्राप्तिस्थान
- रत्नपुस्तक भण्डार, माइतीघर मण्डला, काठमाडौँ ।
- दुर्गा धार्मिक पुस्तक पसरल, पशुपतिक्षेत्र
- बुद्ध स्टोर, शंकरदेव क्याम्पस नजिकै, पुतलीसडक काठमाडौँ टकराज पौडेल (वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग काठमाडौँ ।
- गुरु पुस्तक भण्डार, भाेटाहिटी ।
- प्रत्यक्ष लेखकसँग सम्पर्क गरी विशेष छुटमा उपलब्ध छ ः ९८५११०२१०५( रविभवन, काठमाडौँ )
निःशुल्क अध्ययन गर्न सकिने स्थानः
- त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुर काठमाडौँ ।
- वाल्मीकि विद्यापीठ पुस्तकालय , प्रदर्शनीमार्ग काठमाडौँ ।
- नेपाल राष्ट्रिय पुस्तकालय, हरिहर भवन काठमाडौँ ।
- नेसंवि केन्द्रीय पुस्तकालय, वेलझुण्डी दाङ ।
- जनता विद्यापीठ पुस्तकालय, विजौर िदाङ ।
- जनक हजारी विद्यापीठ, जनकपुरधाम ।
- केशर पुस्तकालय, ठमेल काठमाडौँ ।
- उपत्यका सार्वजनिक पुसतकालय, भृकुटीमण्डप, काठमाडौँ ।
पुस्तकका बारेमा
सगरमाथाको फेदी सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी –३, पञ्चनमा जन्मिएका कवि, साहित्यकार एवं समालोचन नारायणप्रसाद निरौलाले नेपाली कला सािहत्यका साथै धार्मिक साहित्यमा पनि कलम चलाएर उल्लेख्य योगदान दिएका छन् । गजल विधाबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला कविता, निबन्धका साथै धार्मिक सांस्कृतिक जागरणमा पनि निरन्तर संलग्न रहेका छन् । उनको वैदिक वाङ्मयका गहन वियवस्तुको संक्षिप्त चिनारी सहित शास्त्रीय प्रमाणका साथै वैज्ञानिक व्याख्या समेत गरेको संग्रहणीय कृति ‘संस्कार–सुलोचना’ हालै बजारमा आएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका निरौललाले उक्त पुस्तक एक विशिष्ट धार्मिक अनुष्ठानमार्फत् सार्वजनिक गरेका हुन् । पुस्तकलाई काठमाडौँ अनामनगर निवासी नारायणप्रसाद ओझाले प्रकाशन गरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम र नेसंवि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागीय प्रमुख प्रा. डा. देवमणि भट्टराईका गहन मन्तव्य समेटिएको विविध आवश्यकीय विषयवस्तुको प्रस्तुतिले प्रस्तुत पुस्तक संग्रहणीय बन्न पुगेको छ ।
‘संस्कार–सुलोचना’ अन्तर्गत पाँच खण्ड रहेका छन् । हरेक खण्डमा विविध उपयोग विषयवस्तु समविष्ट रहेको पाइन्छ । पहिलो खण्डमा चाडपर्व सम्बन्धी विषयवस्तुको बारेमा खोजमूलक लेख प्रस्तुत गरिएको छ । वर्षमा पर्ने धार्मिक एवं सांस्कृतिक महŒव बोकेका चाडपर्वको बारेमा यस खण्डमा प्रमाणसहित परिचय दिइएको छ । जस अन्तर्गत हाम्रो नववर्षका वैज्ञानिक आधार, अक्षय तृतीयाका धार्मिक सांस्कृतिक पक्ष, मातातीर्थ औँसी र आमाको महिमा, एकादशी व्रतमहिमा, गुरुको शास्त्रीय महिमा, शिव उपासना र श्रावण महिना, नागपञ्चमी महिमा, जनैपूर्णिमा र शास्त्रीय विधान, श्रीकृष्ण जन्माष्टमी र कर्मयोग, हरितालिका तीज र ऋषिपञ्चमीका धार्मिक सांस्कृतिक पक्ष, प्रविधिका पिता विश्वकर्मा, श्राद्ध विवेचना, दशैँ अर्थात् नवरात्रको महिमा, तिहार एक चिनारी, बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ?, श्रीस्वस्थानीव्रत महिमा, श्रीपञ्चमी र सरस्वती महिमा, शिव आराधनाको उत्तम दिन महाशिवरात्रि, कुन पूर्णिमामा कस्ता पर्वहरू पर्छन ? भन्ने शीर्षकमा शोधपरक संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ ।
दोस्रो संस्कार खण्डमा हाम्रा सोह्र संस्कारको संक्षिप्त विवेचना, व्रतबन्ध सम्बन्धी विशेष जानकारीका साथै हाम्रो विवाह पद्धतिको पनि वैज्ञानिक विश्लेषण गरिएको छ । सोह्र संस्कार अन्तर्गतको अन्तिम संस्कारको विधि पनि सटीकमा प्रस्तुत गरिएको छ । यसैगरी हाम्रो दैनन्दिनी जीवनमा आइपर्ने जुठो एवं सुतको बारेमा पनि यस पुस्तकले जानकारी प्रदान गरेको छ । वर्तमानमा कर्मकाण्ड शब्दको अर्थ अपकर्ष गरी प्रयोग भएको विषयप्रति आपत्ति जनाउँदै एक विशिष्ट विधिका रूपमा कर्मकाण्ड रहेको कुरा सप्रमाण प्रस्तुत गरिएको छ । यसैगरी संकल्प के हो र किन गर्नुपर्छ भन्ने प्रश्नको ज्योतिषशास्त्रीय आधारमा परिचयात्मक व्याख्या ‘संकल्पको वैज्ञानिक पक्ष’अन्तर्गत गरिएको छ । यसैगरी व्रत भनेको के ? व्रत धारण कसरी गरिन्छ र कुुन व्रतको फल के भन्ने बारेमा शास्त्रीय चर्चाका साथै लाखबत्ती प्रज्वलनको धार्मिक महŒव र फल वर्णन सहितको संक्षिप्त विवेचना संस्कार खण्डमा पाइन्छ ।
तेस्रो पौरस्त्य वाङ्मय खण्डमा षड्दर्शन, अठार पुराण को परिचय, नीति वचन एवं अध्यात्म सम्बन्धी गहन विश्लेषण गरिएको छ । ईश्वर के हुन् भन्ने विषयमा लेखकले गहिरो चिन्तन यसमा प्रस्तुत गरेका छन् । तीर्थयात्रा हिँडेका वस किन दुर्घटना हुन्छन् ? भगवान्ले रषा गर्नुपर्ने होइन भन्ने प्रश्नको सोदाहराण उत्तर मननीय देखिन्छ । आजको ज्ञान विज्ञान संस्कृत वाङ्मयकै उपज हो । हरेक विषयवस्तुको ज्ञान संसकृत वाङ्मयमा पाइन्छ भन्ने कुराको प्रमाण सहित प्रसतुतति ‘विज्ञानको जननी संस्कृत’ शीर्षकमा प्रदान गरिएको छ । सुख सबैको चाहना हुन्छ । तर सुख कसरी पप्त हुन्छ भन्ने कुराको उपाय ‘सन्तोषं परमं सुखम् ’ भन्ने शीर्षकमा लेखकले प्रसतुत गरेका छन् । जीवन दर्शन बुझ्न चाहनेका निीम्त यो खण्डको अध्ययन उपयोगी हुने देखिन्छ ।
चौथो ज्योतिष खण्डमा ज्योतिषीय विषयवस्तुको आवश्यक जानकारीका साथै ज्योतिषका शास्त्रीय विषयवस्तुको सूक्ष्म वश्लेषण यस खण्ड अन्तर्गतको आलेखमा पाउन सकिन्छ । हामीले बनाउने चिना भनेको के हो ? चिनमा कस्ता कुरा राखिन्छ भन्ने कुराको जानकारीका साथै चिनाको वैज्ञानिक पक्षलाई उजागर चिना किन बनाइन्छ ?’ भन्ने शीर्षकमा गरिएको छ । यसैगरी हाम्रा महिना र बारको निर्धारण कसरी गरिएको छ ? यसको वैज्ञानिक कारण के हो भन्ने कुरा ‘महिना र बार निर्धारणका वैज्ञानिक पक्ष’ भन्ने शीर्षकमा शोधपरक प्रस्तुति पाउन सकिन्छ । यसैगरी आकाशमा देखिने ग्रहण के हो ? ग्रहण कसरी लाग्छ ? र ग्रहणमा कस्ता कुरा बार्नुपर्छ भन्ने विषयमा शास्त्रीय प्रमाण सहित ‘ग्रहण विचार’ शीर्षक उल्लेख गरिएको छ । आकाशमा बृहस्पति र शुक्र कसरी अस्त हुन्छन ? तिनको प्रभाव कसरी हामीमा पर्छ र गुरु–शुक्र अस्तमा के कस्ता कार्य वर्जित रहन्छन् भन्ने कुरा ‘गुरु–शुक्र अस्त र यसले पार्ने प्रभाव’ भन्ने शीर्षकमा धर्मशास्त्रीय प्रमाण सहित व्याख्या गरिएको छ । ग्रहशान्ति कसरी गर्न सकिन्छ ? वास्तु अनुसार हाम्रो घर कस्तो हुनुपर्छ ? भन्ने विषयवस्तुको ज्ञानका साथै सपनाको फल र अन्य आवश्यक ज्योतिषीय विषयवस्तुको उल्लेख यस खण्डमा पाइन्छ ।
यसैगरी ऊनमासकि श्राद्ध कसरी जुराउने, द्विपुष्कर र त्रिपुष्कर योग भनेको के हो ? कुन दिशाको यात्रा गर्दा के खाने ?, बाटामा अपशकुन देखिए के गर्ने ?, यात्रामा नवौँ दिन विचार, ग्रह एक राशिमा रहने अवधि, संक्रान्तिको विशेष पुण्यकाल, कार्य अनुसार महिनाको प्रधानता, पञ्चक, शरुन वा भद्वा, महिनाका वैदिक नाम, सूर्यको नाम र मासाधिपति देवी–देवता, अधिमास र क्षयमासको परिचयका साथै पूर्णिमा र औँशीका भेदको बारेमा पनि यस खण्डमा संक्षिप्त प्रस्तुति पाउन सकिन्छ । ज्योतिष विषयको चाख राख्नेका निम्ति यो खण्ड उपयोगी देखिन्छ ।
पाँचौँ विविध खण्डमा दान गर्ने वस्तु र तिनका देवताको नाम, कुन वस्तु कहाँ छोएर दान गर्ने ?, गायत्री मन्त्र, पत्नी कुन समयमा पतिको कता बस्ने ? कुन देवताको कतिपटक परिक्रमा गर्ने ? त्रिलोक, त्रिमधु, त्रिशक्ति, त्रिगुण, त्रिसन्ध्या, त्रिमद, त्रिदोष, चतुवर्ग, चार वेद, पञ्चांग, पञ्चामृत, पञ्चतŒव, पञ्चधेनु वेदांग, सप्तर्षि, सात द्विप, सप्तधान्य, अष्टचिरञ्जीवी, अष्टधातु, अष्टांग अर्घ, अष्टांग योग, अष्टवसु, अष्टमहादान, नवरस, नवदुर्गा, दश महादान, अग्निका दश कला, एकादश रुद्र, सूर्यका बाह्रकला, सूर्यका बाह्र नाम, तेह्र पददान, चौध मनु, चौध विद्या, चन्द्रमाका सोह्र कलाको परिचय दिइएको छ । यसैगरी आरती किन गरिन्छ ?, कुन कार्यमा कुन औँलाको प्रयोग गर्ने ?, कुन मन्दिरमा कुन बाजा निषेध छ ?, घरमा अशान्ति हुने कुरा के के हुन् ? कुन वस्तु कुन देवतालाई प्रिय हुन्छ ?, कस्तो फूल अशुद्ध मानिन्छ ? पीपलको पूजा कहिले गर्ने ?, हवनको चरु कसरी बनाउने ?, कुन कुन शब्दमा महा लगाउनु हुँदैन ?, ब्रह्ममुहूत्र्तमा किन सुत्नु हुँदैन ?, आसन कस्तो हुनुपर्छ ?, जनै कतिवेल नयाँ फेर्नुपर्छ ? चन्दन वा टीका निधारमा किन लगाइन्छ ? हातमा तीर्थ, साँझबत्ती किन बालिन्छ ?, वायु विचार कार्य अनुसार अग्निका नाम जस्ता उपयोगी विषयवस्तुको जनकारी अन्तिम खण्डमा सप्रमाण प्रस्तुत गरिएको छ ।
यसैगरी अन्त्यमा गोत्र–थर–प्रवर सम्बन्धी संक्षिप्त परिचयपूर्वक गोत्र–थर–प्रवरावलीको विवरण समेत प्रस्तुत गरिएको छ ।
नेपाली भाषामा सरल शैलीका माध्यमले प्सतुत गरिएको पुस्तकले शासत्रीय कुरालाई सहज रूपमा बुझाउन सफल भएको छ । शासत्रीय प्रमाणका साथै वैज्ञानिक विश्लेषणले हरेक विषयवस्तु रोचक, जानकारीमूलक र जीवन उपयोगी बन्न पुगेका छन् । आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यमा प्रसतुत पुस्तक कोशेढुङ्गा सावित भएको छ । एउटै पुस्तकमा विविध विषयवस्तुको प्रस्तुति रहेकाले सन्दर्भग्रन्थसहित शोधपरक ढंगले प्रस्तुत गरिएको ‘संस्कार–सुलोचना’ एक संग्रहणीय पुस्तक बन्न पुगेको छ ।
- निर्मला काफ्ले
- निर्मला काफ्ले
Book: Sacrament Sulochana
Author: Narayan Prasad Niraula, Jyotishachari
Publisher: Narayan Prasad Ojha, Anamanagar, Kathmandu.
Price: $ 3 -
Nature of the book: Contains classical evidence of religious cultural content
Durga religious book spread, animal husbandry
Buddha Store, Near Shankardev Campus, Kathmandu Tukraj Poudel (Putnam Road) Valmiki University, Exhibition Road Kathmandu.
Special discounts are available by contacting the direct author at: 29 (Ravi Bhavan, Kathmandu)
Valmiki University Museum, Exhibition Road Kathmandu.
Nepal National Library, Harihar Bhavan, Kathmandu.
Nensv Central Library, Wellzundi Dang.
Janata University Library, Bijnor Dedang.
Janak Hazari University, Janakpurdham
Saffron Library, Thamel Kathmandu.
Valley Public Library, Bhrikutimandap, Kathmandu.
Born in Thulung Dudhkoshi-3, Panchan, Sidi Mukhamath, Sadimatha, the poet, poet, poet and critic, Narayan Prasad Niraula has made a significant contribution to Nepali art literature as well as religious literature. He has been involved in various poems, essays as well as religious cultural awareness, which has entered Nepali literature through ghazal genre. A brief introduction to his profound futures in his Vedic verses, including the scientific evidence as well as the scientific interpretation, has been recently released in the market. Nirulala, who is also the Vice-Professor of Nepal Sanskrit University, made the book public through a special religious ritual. The book has been published by Narayan Prasad Ojha, an Anamnagar resident of Kathmandu.
Author: Narayan Prasad Niraula, Jyotishachari
Publisher: Narayan Prasad Ojha, Anamanagar, Kathmandu.
Price: $ 3 -
Nature of the book: Contains classical evidence of religious cultural content
Book receipt:
Ratna Book Store, Maitighar Mandla, Kathmandu.Durga religious book spread, animal husbandry
Buddha Store, Near Shankardev Campus, Kathmandu Tukraj Poudel (Putnam Road) Valmiki University, Exhibition Road Kathmandu.
Special discounts are available by contacting the direct author at: 29 (Ravi Bhavan, Kathmandu)
Free Study Location:
Tri-Central Library Kirtipur Kathmandu.Valmiki University Museum, Exhibition Road Kathmandu.
Nepal National Library, Harihar Bhavan, Kathmandu.
Nensv Central Library, Wellzundi Dang.
Janata University Library, Bijnor Dedang.
Janak Hazari University, Janakpurdham
Saffron Library, Thamel Kathmandu.
Valley Public Library, Bhrikutimandap, Kathmandu.
About book
Born in Thulung Dudhkoshi-3, Panchan, Sidi Mukhamath, Sadimatha, the poet, poet, poet and critic, Narayan Prasad Niraula has made a significant contribution to Nepali art literature as well as religious literature. He has been involved in various poems, essays as well as religious cultural awareness, which has entered Nepali literature through ghazal genre. A brief introduction to his profound futures in his Vedic verses, including the scientific evidence as well as the scientific interpretation, has been recently released in the market. Nirulala, who is also the Vice-Professor of Nepal Sanskrit University, made the book public through a special religious ritual. The book has been published by Narayan Prasad Ojha, an Anamnagar resident of Kathmandu.
Chairman of the Panchang Decision Committee of Nepal Dr. Ram Chandra Gautam and Divisional Head of the Department of Theology at Valmiki University, NSNV. Dr. The book presented has become collectible due to the presentation of a variety of essential content, including a profound commentary on Devmani Bhattarai.
There are five sections under 'Sanskar-sulochana'. Each section contains a variety of usage themes. In the first section, an exploratory article on festive themes is presented. This section introduces the religious and cultural significance of the year and the festival that carries the festival. Under which, the scientific basis of our New Year, the religious cultural aspects of Akshaya Tritiya, the glory of mother and mother and the glory of mother, Ekadashi Vratmahima, the classical glory of the Guru, Shiva worship and Shravan month, Nagapanchami glory, Janapurnima and classical legislation, Sri Krishna Janmashtami and Karmayoga, Teeta and Rishipipa of Haritalya. Biswakarma, the father of the cultural aspects, technology, Shraddha Vikas, Dashain ie Moonlight glory, a hallmark of the festival, which is sown in balacaturdasima satabija?, Srisvasthanivrata glory, glory sripancami and Saraswati, the best day of Maha Shiva worship, which the full moon festival pass what? Is presented in a research brief.
The second ritual section contains a brief explanation of our sixteen rites, specific information regarding the vow, as well as a scientific analysis of our marriage system. The method of the last rites under the Sixteen Rites is also presented in precision. Likewise, this book also provides information about the lies and twins in our daily life. At present, the word ritual has been substantiated by objecting to the subject used for abrogation. Similarly, the introductory explanation of the question of what is a resolution and why should be done is given under 'Scientific aspect of resolution'. Likewise, what is fast? A brief discussion of how the fast is held and the fruits of the Kunun fast, as well as a religious commentary on the liturgy and the fruit and the description of the fruit, can be found in the Sanskrit section.
In the third verse, a deeper analysis of the discipline, introduction of eighteen myths, policy words and spirituality is done. The author presents a deep thought about what God is. Why do pilgrims crash? The answer to the question of why God does not have to resent it seems plausible. Today's knowledge is the product of Sanskrit words. The proof is given in the title 'Mother of Science in Sanskrit', along with proof that the knowledge of each theme is found in Sanskrit literature. Happiness is what everyone wants. But the solution of how happiness is achieved is presented by the author in the title 'Satisfaction Param Sukhum'. For those who want to understand the philosophy of life, this section study seems to be helpful.
The fourth astrology section contains the essential information of astrological material as well as a subtle analysis of the classical content of astrology in the article under this section. What is the mold we make? In addition to the details of what is placed in the tea, the scientific aspect of the masonry is titled "Why is the masonry made?" Similarly, how are our months and times determined? A scientific presentation entitled 'The Scientific Aspects of Month and Bar Determination' can be found for the scientific reasons. Similarly, what is the eclipse visible in the sky? How does the eclipse feel? And the subject of eclipse is mentioned, along with the scientific evidence on what should happen in the eclipse. How do Jupiter and Venus end up in the sky? The effect of his influence on us and what actions are forbidden in the Guru-Venus system is explained along with the scriptural evidence in the title 'Guru-Venus Est and Its Impact'. How can planet peace be achieved? What should our house be like? This section contains information about the theme, as well as references to the fruit of dreams and other necessary astrological material.
In the same way, what is the practice of witchcraft, bipushkar and tripushkar yoga? What direction to eat when traveling, what to look for when ominous in Bata? - In this section a brief presentation can be found in the introduction of deities, epithets and decay, as well as the distinction of full moon and tears. This section is useful for anyone interested in astrology.
FifthIn the fifth miscellaneous section, the name of the donation and the name of his deity, where to donate by touching which item ?, Gayatri Mantra, where will the wife live? How often do you revolve around a god? Triloka, Trimadhu, Trishkti, Triguna, Triasandha, Trimad, Tridosh, Chattavarga, Four Vedas, Panchang, Panchamrit, Panchtat 9th, Panchadhenu Vedang, Saptarshi, Satva Dwipa, Saptadhyana, Ashtacharanji, Ashtavaghan, Ashtavan, Ashtavatha, Ashtavatha , Navadurga, Dasha Mahadaan, Agnika Dasha Kala, Xi Rudra, the twelve names of the sun, the twelve names of the sun, the thirteen feet, the fourteen manas, the fourteen Vidya, the sixteen arts of the moon. Certainly has been. Why are Aarti done ?, Which finger to use in which function ?, Which temple is prohibited ?, What are the causes of disturbance in the house? Which deity is dearest to which deity ?, which flower is considered unclean? When to worship People ?, How to make Havana graves ?, Which words should not be used as Maha ?, Why not sleep in Brahmaputra ?, What should be the posture ?, How many times should people change? Why is sandalwood or vaccine applied to the forehead? In the last section, proofs of useful material such as pilgrimage in the hand, why the evening light is burned, and the name of the fire according to the aerial thought work are presented.
Similarly, a brief introduction on the tribal system is also presented in the last.
In the Nepali language, the book, which has been presented in a simple way, has succeeded in explaining the scriptural matter with ease. Classical evidence as well as scientific analysis have made every subject interesting, informative and useful to life. The book presented in the act of preserving its original culture has proved to be a mustache. Due to the presentation of various themes in the same book, the 'Sanskar-sulochana', presented in a refined manner, along with the bibliography, has become a collectible book.
No comments:
Post a Comment