'ज्योतिष–प्रवेशिका' ज्योतिष जिज्ञासुका निम्ति सजिलो पुस्तक | Jyotishpraveshika book for astrologer - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

'ज्योतिष–प्रवेशिका' ज्योतिष जिज्ञासुका निम्ति सजिलो पुस्तक | Jyotishpraveshika book for astrologer



ज्योतिष जिज्ञासुका निम्ति सजिलो पुस्तक ज्योतिष–प्रवेशिका

जन्मपत्रिका (चिना) बनाउने, फलादेश गर्ने र साइतजुराउने नेपालीमा उदाहरणसहितको पुस्तक ज्योतिष–प्रवेशिका प्रकाशित भएको छ । 

ज्योतिषशास्त्रका आधारभूत विषयवस्तु समेटिएको पुस्तक ‘ज्योतिष–प्रवेशिका’ प्रकाशित भएको छ ।  जन्मपत्रिका चिना बनाउने, फलादेश गर्ने र साइत जुराउने विभिन्न तरिकाको संस्कृत एवं नेपाली भाषामा उदाहरणसहित प्रस्तुत पुस्तकक नेपाल संस्कृस्कृत विश्वविद्यालयअन्तगृत सञ्चालित प्राक्शास्त्री ऐच्छिक ज्योतिषको पाठ्यक्रमा पनि आधारित रही तयार पारिएको छ । 

ज्योतिषका तीनै पक्ष सिद्धान्त, संहिता र होरालाई संक्षेपमा समेटिएको पुस्तक ‘ज्योतिष–प्रवेशिका’ हो । पुस्तकको आरम्भमा ज्योतिषशास्त्रको परिचयका नामजुराउने तरिका, ग्रहस्पष्ट, लग्नस्पष्ट, विंशोत्तरी त्रिभागी दशावर्षसाधन, षड्वर्गकुण्डलीसाधन, दशाको फलादेश, भाववाट विचारणीय विषयवस्तु रहेका छन् । जसको अध्ययनबाट आकाशीय ग्रह गणना गरी चिना तयार गर्नुका साथै फलादेशका आधारभूत ज्ञान लिन सकिन्छ । दोस्रो खण्डमा मुहुत्र्तचिन्तामणिअन्तर्गत विभिन्न साइत जुराउने विधिको उदाहरणसहित प्रस्तुति रहेको छ । जसको अध्ययनबाट शुभ मुहूत्र्त अर्थात् विवाह, व्रतबन्ध, यात्रा, गृहारम्भ, गृहप्रवेश आदि थुप्रै साइत जुराउन सकिन्छ । यसैगरी लघुजातकम् खण्डमा फलादेशका विभिन्न सूत्रहरू बताइएको छ । फलादेशका निम्ति आधारभूत विषवस्तुको ज्ञान उक्त खण्डको अध्ययबाट प्राप्त गर्न सकिन्छ । 



गोलपरिभाषाखण्डमा खगोल एवं भूगोलको गोलीय परिचय पाउन सकिन्छ । ग्रहलाघवम्मा करण विधिबाट ग्रह एवं पञ्चाङ्कगणना गर्ने तरिका उदाहरणसहित बताइएको छ । यसैगरी परिशिष्ट खण्डमा मानक एवं स्थानीय सूर्योदय निकाल्ने तरिका, कल्प एवं सृष्टिदेखि हालसम्म व्यतीत भएका वर्ष साधन विधि, अयनांश साधन, भुक्तभोग्य प्रकारले प्रथमलग्न साधन, दशमलग्न साधन, ससन्धिद्वादशभाव साधन नेपालीमा उदाहरणसहित प्रस्तुत गरिएको छ । 

यसका साथै सुदर्शनचक्र साधन, षोडशवर्गकुण्डलीसाधन,  विंशोत्तरदिशाको अन्तर्दशा, त्रिभागी अन्तर्दशा योगिनी अन्तर्दशा, प्रत्यन्तर, सूक्ष्म प्राणदशा साधन उदाहरणसहित बताइएको छ । यसैगरी अक्षांश देशान्तरको परिचय, नमूना जन्मपत्रिका(चिना), मनु, संवत्सर, अयन, ऋतु, अधिक्षयमास, संख्याज्ञान, प्राच्य मापन विधि साथै षोडशवर्गकुण्डलीवाट विचारणीय विषयका वारेमा संक्षिप्त परिचय पनि प्रस्तुत गरिएको छ ।  ज्योतिषसँग सम्बन्धित व्यवहारोपयोगी विषवस्तुको नेपालीमा अर्थ एवं उदाहरण सहित प्रस्तुति रहेकाले ज्योतिको आधारभूत ज्ञानका निम्ति पुस्तक सहयोगी सिद्ध हुने देखिन्छ । 



लेखकको परिचय 

‘ज्योतिष–प्रवेशिका’ पुस्तकका लेखक नारायणप्रसाद निरौला हुनुहुन्छ । जो हाल नेपालसंस्कृत विश्वविद्यालयमा ज्योतिष विषयको उपप्राध्यापक हुनुहुन्छ । ज्योतिषशास्त्रमा विद्यावारिधिअध्ययनरत निरौलाका यसअघि तीन पुस्तक प्रकाशित भइसकेका छन् । जसमा ‘वसन्तको बहारमा’ (गजल संग्रह), ‘संस्कार–सुलोचना’ (धार्मिक आध्यात्मिक विषवस्तुको प्रवन्ध संग्रह), ‘अन्त्यकर्मविधिः’ (सहसम्पादन) रहेका छन् । 


ज्योतिष–प्रवेशिका

लेखक : नारायणप्रसाद निरौला

प्रकाशक : काष्ठमण्डप पुस्तक घर, अद्वैतमार्ग, काठमाडौँ । 

पुस्तक प्राप्ति स्थान :  काठमाडौँ 

काष्ठमण्डप पुस्तक घर, अद्वैतमार्ग, काठमाडौँ । (आरआर क्याम्पस पछाडि (उत्तर)को सटर)  01-4239519/9851111263

  –रत्न पुस्तक भण्डार, माइतीघर काठमाडौँ । 

– गुरु पुस्तक भण्डार, भोटाहिटी काठमाडौँ । 

धरान  न्यू मनकामना  बुक्स, मेनरोड धरान । 

जनकपुर  मजदूर पुस्तक भवन, जानकीचौक जनकपुर, फोन. ०४१–५२१९४३ ।

नारायणगढ चितवन – मास्के पुस्तक भण्डार, नारायणगढ, फोन ०५६–५२४७२७ ।

बुटवल – दुर्गा धार्मिक पुस्तक पसल, बुटवल (९८४२०८७४१९ वा ९८११५०७०९७ । 

कञ्चनपुर –  दुर्गा पुस्तक भण्डार, महेन्द्रनगर ।

दमौली –  गण्डकी पुस्तक भण्डार, दमौली, ०६५५६०१२८ । 

पोखरा  विद्यार्थी पुस्तक पसल, वगर कास्की, ०६१५२२०१२ । 

रसगंगा स्टेशनरि बिजौरि दाङ, सम्पर्क नं,9849064612#jyotishpraveshika #jyotishprabeshika #ज्याेतिष-प्रवेशिका #jotishprabesika



 


2 comments:

  1. ज्तोतिष र लामा धामी त्यो शिक्षित जनता नहुदा सम्मका गुरु हुन अहिलेभ्रमको पुलिन्दा खडा गर्ने ऐजेरु हुन।

    ReplyDelete
  2. अाफु नमरि स्वगर्ग देखिदैन अध्ययन चाहियाै हजुर नबुझि नबाेलाै बरु चुप बसै ।

    ReplyDelete