शास्त्रीय प्रमाणसहितको नयाँ पात्रो आर्यवर्तपञ्चाङ्गम् प्रकाशति aaryabartapanchangam - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 25, 2025

शास्त्रीय प्रमाणसहितको नयाँ पात्रो आर्यवर्तपञ्चाङ्गम् प्रकाशति aaryabartapanchangam

 



शास्त्रीय सन्दर्भसहितको विविध विशेषतायुक्त आर्यावर्तपञ्चाङ्गम् २०८२ प्रकाशित भएको छ । पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौला एवं डा वासुदेवकृष्ण शास्त्रीसहित ज्योतिष, धर्मशास्त्र, इतिहासपुराण, न्याय, व्याकरणका आचार्य विद्वान् संलग्न रहेको पात्रोमा विविध उपयोगी विषयवस्तुको पनि समावेश गरिएको छ । 

पात्राका आधारभूत विषयवस्तुको शस्त्रीय प्रमाणसहित प्रकाशित पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान तारिखका साथै हरेक दिनका चाड पर्वको विस्तृत विवरण आर्यावर्तपञ्चाङ्गम् २०८२ समावेश गरिएका छन् । शास्त्रीय प्रमाण र प्रयोक्ताका आवश्यकतालाई मध्यनजर गरी पात्रो तयार गरिएको छ ।  

प्रयोक्तलाई सजिलो होस ्भन्ने उद्देश्यले प्रयुक्त विषयवस्तुको उदाहरणसहित पनि चर्चा गरिएको छ । वार्षिक भविष्यफल, वार्षिक राशिफल, शनिसाढेसातीको दशा  एवं शानितका उपाय, अरिष्ट शान्तिका निम्ति महामृत्युञ्जयको जप विधि,  माङ्गलिक दोष विचार र शान्तिका उपाय, नाडीदोष शान्तिका उपाय, गणदोष र परिहार यसैगरी भकूटदोष र शान्तिका उपाय पनि शास्त्रीय प्रमाणसहित उल्लेख गरिएको छ । ज्योतिष एवं धर्मशास्त्रसम्बद्ध सङ्ख्याबद्ध विषयवस्तु जस्तो कि पञ्चतत्तव, सप्त द्विप, अष्टाङ्ग योग, एकादशरुद्र लगायतका एक देखि १६ अङ्कसम्मका विशेषताको शस्त्रीय प्रमाणसहित चर्चा गरिएको छ । यसैगरी सङ्क्रान्ति फल, ऊनमासिक जुराउने रीति, मासिक गणना विधि, सूतिका मरण विधि, पञ्चक मरण विधि, द्वित्रिपुष्कर मरण विधिका साथै शान्तिका उपायको पनि उल्लेख पञ्चाङ्गमा गरिएको छ  । जूठो सूतक कसलाई कति लाग्छ ? यसका बारेमा पनि पात्रो हेरेर शास्त्रीय प्रमाणसहित जान्न सकिन्छ । यसैगरी अत्यावश्क अन्त्यकर्मअन्र्ततका घाटमा गरिने षट् पिण्डदानको विधि पनि तालिकाबद्ध गरी समावेश गरिएको छ ।  यसका साथै अन्त्यकर्मका आवश्यक सामग्री पनि कार्य अनुसार विस्तृतमा उल्लेख गरिएको छ । पददानको तालिका उल्लेख गरिएको छ । 

सामान्य पूजा विधि पनि पात्रो हेरेरै सम्पादन गर्न सकिन्छ । पञ्चगव्य निर्माण, कर्मपात्र सम्पादन, स्वस्तिवाचन, शङ्ख घण्टपूजा, प्रायश्चित्त गोदान, दीयो, कलश, गणेश पूजा, रक्षाबन्धन पूजा, वाग्दान विधि (विवाहको कुरो छिन्ने विधि) जन्मोत्सव पूजा पनि पात्रो साथमा रहँदा सम्पादन गर्न सकिन्छ । यसैगरी गाई दान गर्ने गोदानपद्धति पनि पात्रोमा समावेश गरिएको छ । कुन कार्य गर्दा कुन औँलाको प्रयोग गर्ने ? पत्नी कुन समयमा कता बस्ने ? कुन देवताको कतिपटक परिक्रमा गर्ने ?  श्राद्धमा तर्पण दिइने पितृको क्रम के हो ? आभ्युदयिक वा नान्दी श्राद्ध कतिदिन पूर्व गर्न सकिन्छ ? मातृकापूजा चक्र, विभिन्न पूजाका सामग्री, सप्ताह एकाह पाठ गर्ने विधि, कार्य अनुसार अग्निका नाम, आरती, वास्तु सम्बन्धी शास्त्रीय प्रमाण सहितका विषयवस्तु, मुहूर्त सम्बन्धी विचार,  फलादेशका निम्ति उपयोगी चक्र, ग्रहण, अश्लेषा, मूल र ज्येष्ठा नक्षत्र विचार , गण्डान्त विचार, प्राच्य मापन पद्धति,  आँैसीमा जन्म शान्ति विधि, कृष्णचतुर्दशी, ग्रहणमा आदि समयमा जन्मशान्ति विधि, हातमा तीर्थ,  वर्षभरिका व्रतपर्व, थरगोत्र प्रवर, ग्रहशान्तिका अनेक उपाय, विवाह व्रतबन्धको लग्न जुराउने तरिका, पुराणश्रवण, वास्तु, कलशचक्रलगायत जुराउने चक्र, गृहवास्तु पूजा चक्र, दन्तोत्पत्ति फल, यात्रा विचार, होरा, वारवेला लगायतका विभिन्न साइत सहितको प्रमाणिक पञ्चाङ्ग प्रकाशनमा आएको हो । 

पञ्चाङ्गमा शास्त्रीय सन्दर्भ पनि उल्लेख गरिएको छ । धार्मिक कार्यको सम्पादन पात्रोको प्रयोगबाट सजिलै गर्न सकियोस् भनी यस्ता विषयवस्तु समावेश गरिएका छन् । पञ्चाङ्गको प्रकाशन सनातन ज्ञान विज्ञान केन्द्र काठमाडौँले बजारमा ल्याएको हो । मूल पञ्चाङ्गसँगै गोजी पात्रो पनि प्रकाशित रहेको पञ्चाङगको मूल्य रु १५१ निर्धारण गरिएको छ ।  
x

No comments:

Post a Comment