मुहूर्तशास्त्रअन्तर्गतको एक महत्त्वपूर्ण ग्रन्थ ‘मुहूर्त्तचिन्तामणि’ हो । मुहूर्त्त भनेको समय हो । यही समयको शुभाशुभ विचार ‘मुहूर्त्तचिन्तामणि’मा गरिएको छ । विशेषतः कार्यको आदेश धर्मशास्त्रमा गरिएको हुन्छ भने काल(समय)को आदेश ज्योतिषमा हुने गर्दछ । कुन कार्य कहिले कस्तो समयमा गर्नु शुभ फलदायी हुन्छ भन्ने ज्ञानका निम्ति मुहूत्र्तचिन्तामणिको अध्ययन गर्न सकिन्छ । हाम्रा धार्मिक चाडपर्व, व्रतका साथै शुभ साइतको निर्धारण यही ग्रन्थबाट तयार गरिन्छ । शुभाशुभ प्रकरणमा शुभ साइत निर्धारण गर्ने कुरा उल्लेख छ । यसैगरी नक्षत्रप्रकरणमा नक्षत्रको वर्गीकरण गरी कार्यअनुसार नक्षत्रको व्यवस्था गरिएको छ । कार्यअनुसार कुन कार्यमा कुन नक्षत्र शुभ र कुन अशुभ रहन्छन् भन्ने कुराको ज्ञान नक्षत्रप्रकरणबाट जान्न सकिन्छ । यसैगरी सङ्क्रान्ति प्रकरणमा सङ्क्रान्तिको निर्धारणका साथै सङ्क्रान्तिको पुण्यकालका बारेमा विशद् ब्याख्या गरिएको छ । गोचर प्रकरणमा गोचर (वर्तमनमा चलित ग्रहको अवस्थिति)अनुसार शुभाशुभ फल वर्णन गरिएको छ । रत्नधारण, नक्षत्र ताराका साथै गोचरीय राशिफल ज्ञानका निम्ति यो प्रकरण उपयोगी रहन्छ । संस्कार प्रकरणमा गर्भाधानदेखि व्रतबन्ध संस्कारसम्मका कार्य कुन समयमा शुभ रहन्छ भन्ने विषयमा उल्ल्ेख गरिएको छ । विवाह प्रकरणमा विवाहसम्बन्धी यावत् विषयवस्तुको समय निर्धारण, विवह मिलान (वरबधू मिलान),कन्यादान मुहूत्र्तका साथै यससँग सम्बन्धित विविध विषमा चर्चा गरिएको छ । वधूप्रवेश प्रकरणमा बुहारीलाई घर भित्र्याउने साइतको उल्लेख छ भने द्विरागमन प्रकरणमा दुरान फर्काउने समयको बारेमा उल्लेख छ । यसैगरी यात्रा प्रकरणमा यात्राको अर्थ, परिभाषाका साथै विजयप्रद यात्राको समय, शकुन, अपशकुन परिहार आदि विषयवस्तुको काल निर्धारणसँग सम्बद्ध चर्चा गरिएको छ । वास्तुप्रकरणमा उपयुक्त घर निर्माणका निम्तिस्थान चयन, भूमिचयन, माटोको परीक्षण, शल्योद्धार, गृहारम्भका निम्ति आवश्यक काल निर्धारणका बारेमा उल्लेख छ । अन्तिम गृहप्रवेश प्रकरणमा नयाँ एवं पुरानो (जीर्णोद्धार गरी बनाएको) घरमा प्रवेश कसरी गर्नुपर्छ ? यसको साइत कसरी जुराउनुपर्छ भन्ने बारेमा उल्लेख गरिएको छ ।
हाम्रा धार्मिक कार्यको सम्पादन गर्ने मूल शास्त्रीय आधारका रूपमा मुहूर्त्तचिन्तामणि ग्रन्थलाई लिइन्छ । शकको पन्ध्रौँ शताब्दीमा श्रीरामदैवज्ञले यो पुस्तक तयार गरेका हुन् । यही ग्रन्थलाई मूल आधार मानेर गोविन्द ज्योतिर्विद्ले पीयूषधारा टीका प्रस्तुत गरेका छन् ।
‘मुहूर्त्तचिन्तामणि’को मूल संस्कृत भाषामा रहेको र पीयूषधारा टीका पनि संस्कृतमै भएकाले नेपाली माध्यमबाट व्याख्या विवेचना गरिएका पुस्तकको अभावपूर्तिका निम्ति यो पुस्तक तयार गरिएको हो । मूल संस्कृतका श्लोक, संस्कृत श्लोकमा सम्बद्ध शब्दको नेपालीमा अर्थ, प्रसङ्गार्थ, श्लोकको अर्थ, पीयूषधारा टीकाको नेपाली विशेष व्याख्याका साथै विषयवस्तुको तालिका र आवश्यकताअनुसार उदाहरण पनि प्रस्तुत पुस्तकमा उल्लेख गरिएको छ । नेपाली भाषामा अनुवाद एवं व्याख्या सहितको पुस्तकको अभाव पूर्तिका साथै मुहूर्त्त विषयलाई सरल र सहज बनाउने यत्न यसअन्तर्गत गरिएको छ । यहाँ पीयूषधारटीकालाई मूल आधार मान्नुका साथै प्राप्त भएसम्मका टीकामा उल्लेख भएका ग्रन्थ र कतिपय पीयूषधारा टीकामा समेत उल्लेख नभएका सन्दर्भलाई पनि तत् स्थानमा श्लोक र सन्दर्भ सहित अर्थ प्रदान गरिएको छ ।
यस पुस्तकको अध्ययनबाट हाम्रा धार्मिक संस्कार एवं कर्मको सम्पादनमा कालको निर्णयसम्बन्धी विषयवस्तुको ज्ञान गर्न सकिन्छ । विशेषतः विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहप्रवेश, वास्तुपूजा, पुराण श्रवण लगायतका साइत जुराउने विषयवस्तुलाई उदाहरणसहित नेपालीमा प्रस्तुत गरिएकाले हरेक विषयवस्तुको साइत जुराउने कार्यमा ग्रन्थ सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।
मूल लेखक : श्रीरामदैवज्ञ
नेपाली व्याख्या : डा नारायणप्रसाद निरौला
प्रकाशक : काष्ठमण्डप पुस्तक स्टोर
संस्करण : प्रथम २०८१ (सन् २०२४)
मूल्य ः ६००।
पुस्तक प्राप्ति स्थान : काठमाडौँ
काष्ठमण्डप पुस्तक घर, अद्वैतमार्ग, काठमाडौँ । ९आरआर क्याम्पस पछाडि 01-4239519/9851111263
–रत्न पुस्तक भण्डार, माइतीघर काठमाडौँ ।
– गुरु पुस्तक भण्डार, भोटाहिटी काठमाडौँ ।
धरान न्यू मनकामना बुक्स, मेनरोड धरान ।
जनकपुर मजदूर पुस्तक भवन, जानकीचौक जनकपुर, फोन। ०४१–५२१९४३ ।
नारायणगढ चितवन – मास्के पुस्तक भण्डार, नारायणगढ, फोन ०५६–५२४७२७ ।
बुटवल – दुर्गा धार्मिक पुस्तक पसल, बुटवल ९९८४२०८७४१९ वा ९८११५०७०९७ ।
कञ्चनपुर – दुर्गा पुस्तक भण्डार, महेन्द्रनगर ।
दमौली – गण्डकी पुस्तक भण्डार, दमौली, ०६५५६०१२८ ।
पोखरा विद्यार्थी पुस्तक पसल, वगर कास्की, ०६१५२२०१२ ।
No comments:
Post a Comment