नामसँगै प्रयोग गरिने थर व्यक्तिको विशेष पहिचान हो । थर सँगै गोत्रको सम्बन्ध पनि जोडिएको हुन्छ । थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकिरहेका छन् । हमी कुन ऋषिका सन्तति हौ भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ । मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । सो पश्चात् ऋषिहरूको उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।
गोत्रको अर्थ कुल वा वंश भन्ने हुन्छ । गोत्रले वंश विस्तार गर्ने महर्षिहरूलाई पनि बताउँछ । विशेषतः विश्वामित्र,जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तर्षि र अगस्तिसमेतका सन्ततिलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ । गोत्रवंशप्रवर्तक महर्षिहरूमा—‘‘ विश्वामित्रो जमदग्निर्भारद्वाजोऽथ गौतमः । अत्रिर्वशिष्ठः कश्यप इत्येते सप्तऋषयः । सप्तानामृषीणामगस्त्याष्टमानां यदपत्यं तद्गोत्रमित्याचक्षते । यद्यपि गोत्राणि अनन्तानि गोत्राणां त सहस्राणि प्रयतान्यर्बदानि च । इत्यक्तेस्तथाप्यूनपञ्चाशदेव गोत्रभेदाः ’’ भनी धर्मसिन्धु र निर्णयसिन्धुमा ४९ प्रकारका गोत्र रहेको कुरा उल्लेख पाइन्छ ।
गोत्रका वंश फैलाउने ऋषि विशेषलाई प्रवर भनिन्छ । प्रवरको अर्थ मुख्य वा प्रधान भन्ने पनि हुन्छ । गोत्रलाई विस्तार गर्नेवाला ऋषि विशेष नै प्रवर हुन् । अधिकांशतः तीन प्रवर प्रचलित पाइन्छन् । यसैगरी पाँच प्रवर पनि केही थर गोत्रीले प्रयोग गरेका छन् ।
थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । भण्डारको काम गर्ने भण्डारी, अधिकारको प्रयोगगर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि आदि । यस विषयमा आआफ्ना रीतिस्थिति कुल परम्पराले पनि भिन्नता ल्याएको हुन सक्छ । कतिपय भाषाका स्थानीय भेद एवं अन्यभाषासँगको प्रभावले पनि थर भिन्न बन्न पगेका पाइन्छन् ।
यो थरगोत्रावली संकलनको पहिलो प्रयास हो । तपाईका र तपाइले जाने बुझेका थर, गोत्र र प्रवरका बारेमा टिप्णी गरिदिए आभारी हुने थिएँ ।
म कौण्डिन्य गोत्री भट्ट हु । हामी कौण्डिन्य गोत्रका त्रिप्रवर रृषिहरू कौण्डिन्य, अत्रि र कौशिक मान्दछौ । online का बिभिन्न ठाँउमा बिभिन्न कुराहरू लेखेको देख्दा भ्रमित भए ।प्रवर को व्याख्यामा पनि एकमत देखिदैन । कृपया स्पष्ट पारी दिन हुन अनुरोध छ ।
तपाईले लेखेको थर गोत्रावली प्रवरमा माण्डव्य वंशको बारेमा केहीकुरा गलत छापिएको पाए । त्यसको सही समाधानकालागी माण्डव्य समाज नेपालसंग सम्प्रक गर्नुहोला । अथवा बृहत् माण्डव्य बंशावली २०७२ या माण्डव्य बंशको उदय र फेैलावट २०७४ लाई हेर्नुहोला । सम्पर्क नं ९८४८४२५१६२
mero hajur buwa sedhain hunu hunxa rw mero hajur aama ko maita ko thar gauli ho... tara yaha tw yo dubai thar ko gotra eeutai xa.... i think gauli and sedhain are not of same gotra..It's mistake. plz recheck it ...
ज्याेतिषाचार्य ज्यू पेज नं ४ मा रहेकाे काैशिक गाेत्रका वारेमा हेर्दा यहाँले कसरी कहाँवाट संंलन गर्नु भयाे त्याेत थहा भएन तर त्यसमा धेरै थरहरु समावेश भएकाे देखियाे र एउटैथर दुईपटक समावेस भएकाे देखियाे यस्काे कारण केहाे? ईन्टरनेटमा राख्दा कमसेकम आफुले सम्पादन गरेर राखिदिनु भएकाे भए राम्राे हुनेथियाेकि ? सानाे मुख ठूला कुरा गरेँ हजुर क्षमा गर्नुहाेला । धन्यवाद
गुरुवर प्रणाम, हजुरले उल्लेख गर्नु भएको गोत्र एवं थर सम्बन्धि सङ्कलन एकदम उत्कृष्ट लाग्यो । तर त्यहाँ उल्लेख गरिएका मध्ये एउटै प्रकारका थरहरूमा पनि विभिन्न गोत्रहरू समावेश गरिएको रहेछ। यसमा केही छुटपुट अथवा गल्ती हुन गएको हो कि! पुनर्मूल्याङ्कन गर्नु पर्ने हो कि! यो जिज्ञासाको कुरा भयो। मैले भ्याएसम्म एउटै प्रकारका थरहरूमा समावेश भएका विभिन्न गोत्रहरूको सूची यसरी राखेको छु: विभिन्न गोत्रका एउटै थरहरू क्रम थर गोत्र क्रम थर गोत्र १ अचार्ज कौडिन्य, अत्रि ३३ दुवाडी अत्रि, आत्रेय, विश्वामित्र २ अधिकारी अत्रि, भारद्वाज, काश्यप ३४ धामी काश्यप, भारद्वाज, शाण्डिल्य ३ अवस्थी अत्रि, काश्यप, संकृत्य, भार्गव ३५ धिताल कौशिक, माण्डव्य ४ आचार्य गर्ग, कौडिन्य ३६ नेगी काश्यप, गौतम, भारद्वाज ५ उप्रेती उपमन्यु, मौद्गल्य ३७ पण्डित घृतकौशिक, पराशर ६ ओझा अत्रि, इन्द्रप्रमद, काश्यप, कौशिक, भारद्वाज ३८ पन्त पराशर, विश्वामित्र ७ ओली उपमन्यु, कौडिन्य ३९ पन्थी भारद्वाज, माण्डव्य ८ कटुवाल माण्डव्य, शाण्डिल्य ४० पाँडे उपमन्यु, काश्यप ९ कठायत अत्रि, काश्यप, मौद्गल्य ४१ पाठक उपमन्यु, कौडिन्य, कौशिक, वशिष्ठ, शाण्डिल्य १० कुँवर धनञ्जय, वत्स, पराशर ४२ बुडथापा कौशिक, वत्स ११ खड्का आत्रेय, भारद्वाज, अत्रि, कुडित, काश्यप ४३ बुडाथोकी काश्यप, धनञ्जय १२ खत्री घृतकौशिक, आत्रेय ४४ बोगटी काश्यप, कौशिक १३ खनाल घृतकौशिक, धनञ्जय, ४५ भट्ट गर्ग, वत्स १४ खुलाल धनञ्जय, वत्स ४६ भट्टाचार्य भारद्वाज, मौद्गल्य १५ गैरे वशिष्ठ, कौडिन्य ४७ भण्डारी गौतम, धनञ्जय १६ गौली अङ्गिरस/अङ्गिरा, कौशिक ४८ मरासिनी कौडिन्य, धनञ्जय १७ घोडासैनी काश्यप, कौशिक, जमदग्नि,धनञ्जय ४९ मल्ल अत्रि, काश्यप १८ चौहान भारद्वाज, वत्स, भृगु ५० मल्ल (ठकुरी) सनकस, भारद्वाज १९ छतकुली काश्यप, कौशिक ५१ महत गौतम, शाण्डिल्य २० जोशी उपमन्यु, गर्ग, गौतम, भारद्वाज, वत्स ५२ माझी काश्यप, वशिष्ठ २१ झा काश्यप, कात्यायन, वत्स, शाण्डिल्य ५३ मालाकार काश्यप, शाण्डिल्य २२ टण्डन कौशिक, आङ्गिरस/अँगिरा ५४ मिश्र अत्रि, उपमन्यु, काश्यप, कात्यायन, भार्गव, भारद्वाज, वत्स, शाण्डिल्य २३ डाँगी अत्रि, कौशल्या, कौशिक ५५ यादव अत्रि, काश्यप २४ तिवारी काश्यप, कौशिक, गौतम,शाण्डिल्य ५६ रानाभाट अत्रि, आत्रेय २५ थापा कपिल, कौडिन्य, कौशिक ५७ रावल कौडिन्य, वत्स २६ थापा (कालिकोटे) अत्रि, आत्रेय, मौद्गल्य, भारद्वाज, ५८ रिमाल कौशिक, धनञ्जय २७ थापा (खुलाल) अत्रि, आत्रेय ५९ रोकाहा कौडिन्य, गर्ग २८ थापा (पुवार) अत्रि, आत्रेय ६० वस्ती अत्रि, भारद्वाज २९ थापा (बगाले) अत्रि, आत्रेय, कौडिन्य ६१ विष्ट कृष्णात्रि, गौतम ३० थापा (बिहारे) अत्रि, आत्रेय ६२ वैद्य उपमन्यु, काश्यप ३१ दवाडी आत्रेय, वशिष्ठ ६३ शाह (ठकुरी) काश्यप, भारद्वाज ३२ दुलाल अत्रि, आत्रेय, उपमन्यु, भारद्वाज ६४ शाही काश्यप, भारद्वाज
म कौण्डिन्य गोत्री भट्ट हु । हामी कौण्डिन्य गोत्रका त्रिप्रवर रृषिहरू कौण्डिन्य, अत्रि र कौशिक मान्दछौ । online का बिभिन्न ठाँउमा बिभिन्न कुराहरू लेखेको देख्दा भ्रमित भए ।प्रवर को व्याख्यामा पनि एकमत देखिदैन । कृपया स्पष्ट पारी दिन हुन अनुरोध छ ।
ReplyDeleteतपाईले लेखेको थर गोत्रावली प्रवरमा माण्डव्य वंशको बारेमा केहीकुरा गलत छापिएको पाए । त्यसको सही समाधानकालागी माण्डव्य समाज नेपालसंग सम्प्रक गर्नुहोला । अथवा बृहत् माण्डव्य बंशावली २०७२ या माण्डव्य बंशको उदय र फेैलावट २०७४ लाई हेर्नुहोला । सम्पर्क नं ९८४८४२५१६२
ReplyDeleteNamaste pandit ji, Please tell me the gotra of " Agari or Agri" surname? It has not been listed in your list.
ReplyDeleteThank you
Dear Mr Hemant Mandavya,
ReplyDeleteHow are you sir. Can you please tell me the gotra of " Agari or Agri" caste in Nepal/ Kumaon mandal.
I will be very grateful to you.
Thank you and best regards,
Narender
mero hajur buwa sedhain hunu hunxa rw mero hajur aama ko maita ko thar gauli ho... tara yaha tw yo dubai thar ko gotra eeutai xa.... i think gauli and sedhain are not of same gotra..It's mistake. plz recheck it ...
ReplyDeleteज्याेतिषाचार्य ज्यू पेज नं ४ मा रहेकाे काैशिक गाेत्रका वारेमा हेर्दा यहाँले कसरी कहाँवाट संंलन गर्नु भयाे त्याेत थहा भएन तर त्यसमा धेरै थरहरु समावेश भएकाे देखियाे र एउटैथर दुईपटक समावेस भएकाे देखियाे यस्काे कारण केहाे? ईन्टरनेटमा राख्दा कमसेकम आफुले सम्पादन गरेर राखिदिनु भएकाे भए राम्राे हुनेथियाेकि ? सानाे मुख ठूला कुरा गरेँ हजुर क्षमा गर्नुहाेला । धन्यवाद
ReplyDeleteहामि गौतम गोत्रीय त्रीप्रवरान्वित शर्मा बोहरा हौ !! यता धेरै खोज्दा कतै नि भेटिएन !! यसलाई समावेश गरीदिन हुन सादर अनुरोध छ
ReplyDeleteहामी सावर्णि गाेत्रका मैथिल ब्राह्मण हाैँ । हाम्राे पञ्च प्रवर हुन्छ । कैलाशप्रसाद झा, भक्तपुर नगरपालिका, वडा नं ४, मङ्गलाछेँ टाेल ।
ReplyDeleteगुरुवर प्रणाम,
ReplyDeleteहजुरले उल्लेख गर्नु भएको गोत्र एवं थर सम्बन्धि सङ्कलन एकदम उत्कृष्ट लाग्यो । तर त्यहाँ उल्लेख गरिएका मध्ये एउटै प्रकारका थरहरूमा पनि विभिन्न गोत्रहरू समावेश गरिएको रहेछ। यसमा केही छुटपुट अथवा गल्ती हुन गएको हो कि! पुनर्मूल्याङ्कन गर्नु पर्ने हो कि! यो जिज्ञासाको कुरा भयो। मैले भ्याएसम्म एउटै प्रकारका थरहरूमा समावेश भएका विभिन्न गोत्रहरूको सूची यसरी राखेको छु:
विभिन्न गोत्रका एउटै थरहरू
क्रम थर गोत्र क्रम थर गोत्र
१ अचार्ज कौडिन्य, अत्रि ३३ दुवाडी अत्रि, आत्रेय, विश्वामित्र
२ अधिकारी अत्रि, भारद्वाज, काश्यप ३४ धामी काश्यप, भारद्वाज, शाण्डिल्य
३ अवस्थी अत्रि, काश्यप, संकृत्य, भार्गव ३५ धिताल कौशिक, माण्डव्य
४ आचार्य गर्ग, कौडिन्य ३६ नेगी काश्यप, गौतम, भारद्वाज
५ उप्रेती उपमन्यु, मौद्गल्य ३७ पण्डित घृतकौशिक, पराशर
६ ओझा अत्रि, इन्द्रप्रमद, काश्यप, कौशिक, भारद्वाज ३८ पन्त पराशर, विश्वामित्र
७ ओली उपमन्यु, कौडिन्य ३९ पन्थी भारद्वाज, माण्डव्य
८ कटुवाल माण्डव्य, शाण्डिल्य ४० पाँडे उपमन्यु, काश्यप
९ कठायत अत्रि, काश्यप, मौद्गल्य ४१ पाठक उपमन्यु, कौडिन्य, कौशिक, वशिष्ठ,
शाण्डिल्य
१० कुँवर धनञ्जय, वत्स, पराशर ४२ बुडथापा कौशिक, वत्स
११ खड्का आत्रेय, भारद्वाज, अत्रि, कुडित, काश्यप ४३ बुडाथोकी काश्यप, धनञ्जय
१२ खत्री घृतकौशिक, आत्रेय ४४ बोगटी काश्यप, कौशिक
१३ खनाल घृतकौशिक, धनञ्जय, ४५ भट्ट गर्ग, वत्स
१४ खुलाल धनञ्जय, वत्स ४६ भट्टाचार्य भारद्वाज, मौद्गल्य
१५ गैरे वशिष्ठ, कौडिन्य ४७ भण्डारी गौतम, धनञ्जय
१६ गौली अङ्गिरस/अङ्गिरा, कौशिक ४८ मरासिनी कौडिन्य, धनञ्जय
१७ घोडासैनी काश्यप, कौशिक, जमदग्नि,धनञ्जय ४९ मल्ल अत्रि, काश्यप
१८ चौहान भारद्वाज, वत्स, भृगु ५० मल्ल (ठकुरी) सनकस, भारद्वाज
१९ छतकुली काश्यप, कौशिक ५१ महत गौतम, शाण्डिल्य
२० जोशी उपमन्यु, गर्ग, गौतम, भारद्वाज, वत्स ५२ माझी काश्यप, वशिष्ठ
२१ झा काश्यप, कात्यायन, वत्स, शाण्डिल्य ५३ मालाकार काश्यप, शाण्डिल्य
२२ टण्डन कौशिक, आङ्गिरस/अँगिरा ५४ मिश्र अत्रि, उपमन्यु, काश्यप, कात्यायन, भार्गव,
भारद्वाज, वत्स, शाण्डिल्य
२३ डाँगी अत्रि, कौशल्या, कौशिक ५५ यादव अत्रि, काश्यप
२४ तिवारी काश्यप, कौशिक, गौतम,शाण्डिल्य ५६ रानाभाट अत्रि, आत्रेय
२५ थापा कपिल, कौडिन्य, कौशिक ५७ रावल कौडिन्य, वत्स
२६ थापा (कालिकोटे) अत्रि, आत्रेय, मौद्गल्य, भारद्वाज, ५८ रिमाल कौशिक, धनञ्जय
२७ थापा (खुलाल) अत्रि, आत्रेय ५९ रोकाहा कौडिन्य, गर्ग
२८ थापा (पुवार) अत्रि, आत्रेय ६० वस्ती अत्रि, भारद्वाज
२९ थापा (बगाले) अत्रि, आत्रेय, कौडिन्य ६१ विष्ट कृष्णात्रि, गौतम
३० थापा (बिहारे) अत्रि, आत्रेय ६२ वैद्य उपमन्यु, काश्यप
३१ दवाडी आत्रेय, वशिष्ठ ६३ शाह (ठकुरी) काश्यप, भारद्वाज
३२ दुलाल अत्रि, आत्रेय, उपमन्यु, भारद्वाज ६४ शाही काश्यप, भारद्वाज