आजको राशिफल २०७७ चैत्र २ गते, सोमवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 14, 2021

आजको राशिफल २०७७ चैत्र २ गते, सोमवार



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको २ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको १५ तारिख, सोमवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुन शुक्लपक्षको द्वितीया तिथि बेलुका ५।४९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र राति ३।५३ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१६ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ । चन्द्रमा आज मीन  राशिमा रहेका  छन् ।  

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ । 


आजको राशिफल 

२०७७ चैत्र २ गते, सोमवार   


मेष राशिः  चन्द्रमा आज प्रतिकूल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । 

वृष राशिः  बौद्धिक कार्यमा मन जानेछ । बोलीमा ओज रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्न देखिन्छ ।  प्रेम जीवन सुखद् रहनेछ ।  

मिथुन राशिः प्रेममा पारख बढ्नेछ । व्यवसायिक सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शत्रुपक्ष दुर्वल रहनेछन् ।

कर्कट राशिः  व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा मन जानुका साथै यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र आज मध्यम फलदायी रहनेछ । 

सिंह राशिः  कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ । 

कन्या राशिः  पराक्रम बढ्नेछ । मित्र लाभ हुनुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । परोपकारी कार्यमा विशेष लागव रहनसक्नेछ ।  

  तुला राशिः आर्थिक लाभ हुनेछ । कला साहित्यका क्षेत्रमा रुचि रहनुका साथै कार्यप्रापितका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ । 

वृश्चिक राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्ययन अध्यापानको क्षेत्र पनि सबल रहनेछ । मित्र सहयोगले दिन सार्थक  बन्ने देखिन्छ । 

धनु राशिः   शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । 

मकर राशिः मित्र सुख मिल्नेछ । कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ ।

 कुम्भ राशिः  पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । लेखन कार्यमा विशेष अभिरुचि रहनेछ ।

मीन राशिः पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । कर्म क्षेत्र सबल रहने देखिन्छ ।   


No comments:

Post a Comment