श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको १६ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुन शुक्लपक्षको तृतीया तिथि बेलुका ७।३८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज ब्रह्म योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।१५ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज मंगलवार गणेशजी एवं हनुमानजकिो उपासना शुभ फलदायी रहनेछ ।
आजको राशिफल
२०७७ चैत्र ३ गते, मंगलवार
मेष राशिः मिष्ठान्न लाभ हुनेछ । आयमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने योग देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।
वृष राशिः कार्यमा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । चनद्रबल कमजोर रहेकाले स्वास्थ्यमा पनि सजग रहनु नै आज उचित हुनेछ ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहनेछ ।
कर्कट राशिः आर्थिक उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यसायमा पनि वृद्धि हुने आजको राशिफल रहेको छ ।
सिंह राशिः मित्रलाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्राविधिक कार्यमा मन अभिप्रेरित रहनेछ ।
कन्या राशिः शत्रुपक्ष सबल रहनेछन् । कार्य हानिका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।
तुला राशिः विद्याको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्नतिका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । प्रेम जीवान सुखद् रहनेछ ।
वृश्चिक राशिः कीर्तिलाभ हुनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्र मिलनका योग पनि देखिन्छन् ।
धनु राशिः वित्तीय लाभ हुनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । कार्यमा पनि व्यस्तता रहने आजको राशिफल रहेको छ ।
मकर राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपपर्ने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।
कुम्भ राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।
मीन राशिः बौद्धिक कार्यमा मन जानेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ ।
No comments:
Post a Comment