शुचित्वं त्यागिता शौर्ये सामान्यं सुखदुःखयोः ।
दाक्षिण्यं चानुरक्तिश्च सत्यता च सुहृद्गुणाः ।। – चाणक्य
चित्तमा निर्मलता, दानशीलता, बीरता, सुख दुःखमा समता, सरलता र सत्यता यी असल मित्रका लक्षण हुन् ।
असल साथी हुनका लागि सर्वप्रथम चित्तमा विकार हुनु हँदैन भन्ने चाणक्यको मत रहेको छ । चित्त निर्मल नहुने व्यक्ति असल साथी हुन सक्दैनन् । त्यसैले असल साथीमा चित्त शुद्धि हुनु आवश्यक छ । यसैगरी साथीले एक अर्कामा कति वलिदानी दिन सक्छन् भन्ने बारेमा पनि परीक्षा हुने गर्दछ । साथीका निम्ति बलिदानी दिन सक्ने व्यक्ति असल मित्रको कोटिमा पर्ने गर्दछन् भने स्वार्थी व्यक्तित्वलाई निकृष्ट साथीको संज्ञा दिइएको छ । अतः साथीमा दानशीलता रहनु पनि आवश्यक हुन्छ । यसैगरी सुखदुःखमा समभाव राख्ने व्यक्ति पनि असल मित्रको संकेत हो । मित्रको दुःख र सुख दुवैमा साथ दिने साथी नै असल मित्रको दर्जामा पर्ने गर्दछन् । यसैगरी साथी साथीबीच सत्यको व्यवहार गर्ने व्यक्तिलाई पनि असल मित्रको गुण अन्तर्गत राखिएको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –
No comments:
Post a Comment