षड्तिला एकादशीकाे व्रत विधि र कथा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 11, 2018

षड्तिला एकादशीकाे व्रत विधि र कथा



उपप्रा. नारायणप्रसाद निराैला 
ज्याेतिषाचार्य, वास्तुविद् 

तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी।
तिलभुक् तिलदाता च षट्तिला पापनाशनाः।।


माघ कृष्ण पक्षमा अाउने एकादशी तिथिलाई षड्तिला एकादशी भनिन्छ । चान्द्र महिनाकाे एघाराै दिन लाई एकादशी भनिन्छ । याे विष्णु भगवान्काे प्रिय दिन हाे । छ प्रकारले तिलकाे प्रयाेग गर्ने तथि भएकाले याे दिनलाई षड्तिला एकादशी भनिएकाे हाे । 
यश दिन भगवान विष्णुकाे  व्रत उपासना गरिन्छ । व्रतविधानका विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई  बताएका छन् । जस अन्तर्गत व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्शाेपचारले पूजा गर्नुपर्छ। मास र तिल मिश्रित खिचडी पकाएर भगवानलाई भाेग लगाउनु पर्छ। रात्रिको समयमा तिलले १०८ पटक ॐ नमो भगवते वासुदेवाय स्वाहा यस मन्त्रले हवन गरिन्छ ।
 यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ। जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हजार वर्ष स्वर्गप्राप्ति हुन्छ। विशेषतः तिलकाे  ६ प्रयाेगमा  
१. तिलमिश्रित जलले स्नान गर्नु, 
२.तिलले शरीरको मालिश गर्नु, 
३. तिलको तिलक लगाउनु, 
४. तिलमिश्रित जल-पान गर्नु, 
५. तिलको भोजन र 
६. तिलद्वारा हवन। 
यसरी तिलका छ प्रकारकाे प्रयाेग गर्ने दिन भएकाले याे दिनलाई षड्तिलाएकादशी भनिएकाे हाे । यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त हुन्छ भन्ने एकादशीकाे महिमा पाईन्छ ।


षड्तिला एकादशीकाे कथा

नारदमुनि र विष्णु भगवानकाे संवादमा अाधारित कछा यस प्रकार रहेकाे छ : 
एकदिन नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे। त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे -प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ ? 
देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो । प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन् । ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो। तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन। एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन्। व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन अतः मैंले विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्‍यो भनी म ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिदिईन् । म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किएँ । केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन् ।  यहाँ उनाले एउटा एक कुटी र आपको रुख प्राप्त गरिन्। खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन् - म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु ?  अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो। त्यसपछि मैंले साे  ब्राह्मणीलाई भने जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन् । स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन् । व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो। त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ। 






No comments:

Post a Comment