उपप्रा.नारायणप्रसाद निराैला
ज्याेतिषाचार्य, वास्तुविद् ।
भगवान् रामको १४ वर्ष वनवास पूरा गरी कात्र्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छैटौँ दिनमा छठ पूजा हुने गछ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नभन्दा पहिले ब्राह्मण(रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।
अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्रह्महत्याको पापबाट मुक्त हुनुभएको थियो । भगवान् राम सूर्यवंशी भएको, भगवान् श्री।ामका पनि आराध्यदेव सूर्य भगवान् रहेकाले उक्त
दिन सूर्यभगवान्को उपासना गरिन्छ ।
पुलस्त्य ऋषि र भीष्मको संवादमा जसमा एक कुष्ठरोगी क्षत्रीय राजको छठ व्रत र सूर्य पूजनपश्चात् रोग निवृत्त भएको अर्को कथा पनि पाइन्छ ।
धर्म संस्कृतिले सम्पन्न छठ पर्वको आफ्नै महिमा रहेको पान्छ । आद्यशक्ति भगवतीको उपासना सँगै आदित्य भगवान् सूर्यको वेदले पनि स्तुति गान गरेको पाइन्छ । देवी देवताको धार्मिक महिमालाई संस्कृतिले अझ सुन्दर बनाइरहेको हुन्छ । यस्तै धर्म संस्कृतिको सुन्दर पावन पर्व छठको पनि विशिष्ट महिमा रहेको पाइन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment