सम्पत्ति र प्रेमकाे सम्बन्ध कस्ताे हुन्छ ? हेर्नुहाेस् हिताेपदेश - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 1, 2017

सम्पत्ति र प्रेमकाे सम्बन्ध कस्ताे हुन्छ ? हेर्नुहाेस् हिताेपदेश



यावद्वित्तोपार्जनसक्तः तावन्निजपरिवारो रक्तः।
पश्चाज्जीवति जर्जरदेहे वार्तां कोऽपि न पृच्छति गेहे । - हिताेपदेश

जबसम्म व्यक्ति धन कमाउन सक्छ तवसम्म परिवारमा पनि उसले सबैको माया प्राप्त गर्दछ । परिवारजनले पनि उसप्रति राम्रो व्यवहार प्रदर्शन गर्छन् । जब धन कमाउन छोड्छ त्यसपछि परिवरका सदस्यले पनि उसँग चाख लिएर बोल्न छाड्छन् । मायामा पनि कमी आउन थाल्छ ।
मान्छे बलेकै आगो ताप्छन् । संसारी आगो नै धन हो । धन हुनेलाई परिवार लगायत अन्य व्यक्तिले विशेष सोधपुछ मान सम्मान गर्छन् । जब धन कमाउने बाटा बन्द हुँदै जान्छन् त्यसपछि परिवारले हेर्ने दृष्टिमा पनि परिवर्तन आउँछ भनिएको छ । सोही भएर धन र मायाबीचको सम्बन्धका बारेमा संस्कृतज्ञले अनुभवसिद्ध कुराहरू व्यक्त गरेका हुन् जस्तो लाग्छ । धन हुने व्यक्तिलाई गर्ने व्यवहार सहयोगी र मायालु हुन्छ । अर्थात् धन कमाउनेले माया पनि धेरै प्राप्त गर्दछ । यसैगरी कमाइमा गिरावट आएपछि मायामा पनि कटौती हुन थाल्छ भन्ने नीति वचन मननीय छ । – नाणप्रसाद निराैला, ज्याेतिषाचार्य, वास्तुविद् –

No comments:

Post a Comment