अचलासप्तमी व्रत महिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 23, 2018

अचलासप्तमी व्रत महिमा





नारायणप्रसाद निरौला 
ज्योतिषाचार्य, वास्तुविद् 


माघ शुक्ल सप्तमी तिथिलाई अचला सप्तमी भनिन्छ । यस दिन सूर्य भगवान्को उपासना शुभ रहने छ ।  यस दिनलाई रथसप्तमी पनि भनिन्छ । सप्तमी तिथिमध्येको वर्षभरिकै उत्कृष्ट तिथि अचला सप्तमी हो । यसै दिन सूर्य भगवान् रथमा प्रकट भई संसारमा प्रकाश प्रदान गरेको कथा भविष्य पुराणमा  पाइन्छ । अचलाको अर्थ नचल्ने भन्ने हुन्छ । विशेषत अचल वस्तुको दन आज शुभ रहने छ । अचला अर्थात्  चादर वा  दोसल्ला दान गर्नु आज शुभ रहने छ । यसैगरी यस दिन   तिल, गुण, सुन, गाई दान गर्नाले रोगजन्य कष्ट निवारण हुने कुरा पुराणमा उल्लेदख पाइन्छ ।

आरोग्य कामना गर्नेले यस दिनको व्रत शुभ रहने छ । यस व्रतले सात जन्मका पाप नष्ट हुन्छन् भनिएको छ । आज विहान स्नान गरी  सूर्य भगवान्लाई लाई अर्घ प्रदान गर्नाले रोगजन्य भय कम हुने शास्त्रीय मान्यता रहेको छ । आज सूर्य भगवान्को व्रतोपासना गर्नाले उत्तम फल प्राप्त हुने कुरा शास्त्रमा पाइन्छ ।
 आज सूर्य भगवान्को व्रत धारण गर्दा तेल र नुनको प्रयोग गरिदैन । यसैगरी आजको व्रत धारण गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने कुरा भविष्यपुराण बताइएको छ ।

भगवान् श्रीकृष्णका पुत्र शाम्बले दुर्वासा ऋषिलाई अपमान गरेकाले पाएको श्रापस्वरूप शरीरमा कुष्ठ रोग उत्पन्न हुन्छ । सो रोगबाट निवृत्तिका लागि भगवान् सूर्यको आराधना गरी अचला सप्तमीको व्रत धारण पश्चात् निको भएको कथा पुराणमा  पाइन्छ । अतः यस दिनको व्रत धारण गर्नाले रोगजन्य भय नहुने शास्त्रीय मान्यता रहेको छ ।



No comments:

Post a Comment