उपप्रा. नारायणप्रसाद निरौला
नेपाल संसकृत विश्वविद्यालय
‘असंक्रान्तिमासोऽधिमास प्रदिष्ट’ अर्थात् जुन चन्द्रमासमा एउटा पनि संक्रान्ति पर्दैन सो मासलाई अधिमास भनिन्छ । यो वर्ष जेष्ठ महिनामा यस्तै स्थिति आइपरेको छ । जेष्ठ २ गतेदेखि ३० गतेसम्म अधिमास रहन्छ । याे समय काम्य (फलका अाशा राखी गरिने) कर्म गरिदैनन् । किनकि याे समय मलले युक्त हाे । निष्काम र नित्य कर्म गर्न भने कुनै बाधा रहँदैन ।
वैशाख ३१ गते औँशी तिथि पर्छ भने यही ज्येष्ठको ३० गते पनि औशी नै तिथि पर्दछ । औशी देखि अर्को औँशी सम्मको समयलाई चान्द्रमास भनिन्छ । एक चान्द्रमासका बीचमा एउटा पनि संक्रान्ति नपरेकाले ज्येष्ठ महिनामा अधिमास परेको हो । अर्थात् यो वर्ष एउटा चान्द्रमास धेरै (१३ वटा)पर्ने भएकाले अधिमास भनिएको हो । सामान्यतः वर्षमा १२ वटा चान्द्र महिना हुने गर्दछन् ।
अधिको अर्थ धेरै भन्ने हुन्छ । सौरमासको तुलनामा एक चान्द्रमास अधिक हुने भएकाले यस वर्षको ज्येष्ठ महिनामा अधिमास परेको हो । यसलई मलमास वा पुरुषोत्तम मास पनि भनिन्छ । एक चान्द्रमास अशुद्ध रहने भएकाले मल(अशुद्ध)मास भनिएको हो । तर यो समय भगवान् पुरुषोत्तको (विष्णु भगवान्को) उपासनाका निम्ति भने शुभ रहने गर्दछ । त्यसैले यस महिनालाई पुरुषोत्तम मास पनि भनिन्छ ।

सूर्यको गतिका आधारमा निर्धारण गरिने सौर महिना हो भने चन्द्रमाको गतिका आधारमा चान्द्र महिना निर्धारण गरिन्छ । सूर्यले ३० अंश (डिग्री) पार गर्दा एक महिना हुन्छ भने चन्द्रमाले ३६० अंश (डिग्री) पार गर्दा एक चान्द्रमास हुने गर्दछ । सूर्यको तुलनामा चन्द्रमा चाडो हिँड्ने भएकाले चान्द्रमास चाँडै र कहिलेकही धेरै पनि पर्ने अवस्था रहन्छ । हाम्रो शास्त्रीय परम्परामा संक्रान्ति नछोएको चान्द्रमास र औँशी नछोएको सौरमास निषिद्ध हुन्छन् । सौर र चान्द्र दुवै महिनाको तादात्म्यता शास्त्रीय कार्यका निम्ति शुभ मानिन्छ ।
एक वर्षमा सौर र चान्द्रबीच ११ दिनको अन्तर रहन्छ । सोही अन्तर वर्षमा बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन्छ । अतः तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनपुग्छ । यसरी बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी ३२ महिनाको अन्तरालपछि अधिमास पर्ने कुरा सिद्धान्तशिरोमणिमा उल्लेख पाइन्छ ।
पुरुषोत्तम महिनामा विशेष (काम्य अर्थात् कामना सिद्धिका निम्ति गरिने) पूजा—आजा, यज्ञ—अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गरिदैनन् । चूडा, उपनयन (व्रतबन्ध) विवाहजस्ता उत्सव एवं संस्कारहरू पनि धर्मशास्त्रले निषेध गरेको छ । यस्तै एकाहा, सप्ताहा, नवाहाका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गनरिदैनन् । नित्यकर्म गर्न भने कुनै पनि प्रकारको निषेध गरिएको छैन । हरेक दिन गरिने स्नान, सन्ध्या उपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कार जस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नपर्ने संस्कारहरू गर्न हुन्छ । यसैगरी मृत्यु भएमा पनि आफ्नो रीति परम्परा अनुसार गर्नपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू पनि रोकिदैनन् ।
पुरुषोत्तम भगवान्को उपासनाका निम्ति भने अधिमासको समय उत्तम मानिन्छ । पुरुषोत्तम भगवानको पूजा—आराधनाका साथै काँसको भाँडामा राखेर मालपुवा दान गर्नाले उत्तम फल प्राप्त हुने कुरा पुरुषेत्तम माहात्म्यमा वर्णन पाइन्छ । भगवानका कथा श्रवण, नाम संकीर्तन एवं कथा प्रवचनका लागि पनि यो समय फलदायी रहन्छ ।
कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छन् । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । यस्तो अवस्थामा एक चान्द्रमास लोप हुन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्ने गर्दछन् । यसरी पर्ने क्षयमासलाई पनि शुभकर्ममा निम्ति निषेध गरिएको छ ।
अधिकमास भनेको वर्षमा एक चान्द्रमास धेरै भएको समय हो । यो ज्योतिश्चक्रको नियमित र सामान्य प्रक्रिया हो । हरेक ३२ महिनापछि यस्तो अवस्था आउने गर्दछ । सौर र चान्द्र दुवै महिना हाम्रा शुभ कर्मका निम्ति ग्रह्य हुने भएकाले यी द्वै मासको अनुकुलन हाम्रा शुभकर्मका निम्ति आवश्यक पर्दछन् । नित्य कर्म अधिमासमा पनि गरिन्छ । विशेष उत्सव गर्न भने यो समय उचित हुँदैन । विद्ध समय रहने भएकाले भगवानको उपासना, नित्य नैमित्तिक कर्म यस अवसरमा पनि गर्नुहुने शास्त्रीय प्रमाण पाइन्छ ।
No comments:
Post a Comment