नयाँ वर्ष २०७६ कस्तो रहनेछ ? हेनुहोस् वार्षिक राशिफल - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 12, 2019

नयाँ वर्ष २०७६ कस्तो रहनेछ ? हेनुहोस् वार्षिक राशिफल




मेष राशि (चु चे चो ला, ली लु ले लो, अ) : मेष राशिका लागि यो वर्ष सुखद् रहनेछ । धार्मिक कार्यमा मन जानेछ । यात्रका अवसर प्रशस्त मिल्नेछन् । आर्थिक दृष्टिले कार्तिक पछिको समय सुखद् रहनेछ । धातुजन्य वस्तुबाट भने खासै लाभ देखिँदैन । आफन्तको सम्बन्ध मध्यम रहनेछ । वैदेशिक क्षेत्र सफल देखिन्छ । अमदानीको स्रोत बढ्नेछन् । असारदेखि कार्तिक सम्मको समय भने संघर्षमयी रहने देखिन्छ । स्वस्थ्यमा सजग रहनु नै उचित हुनेछ । शिवजीको आराधना यो वर्ष लाभदायी रहने देखिन्छ । मित्र सुखका साथै सन्तानबाट सुख मिल्नेछ । शत्रु पक्ष भने दरिला देखिन्छन् । धार्मिक एवं सामाजिक कार्यमा विशेष रुचि रहनेछ ।  कर्म क्षेत्र सबल देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रमा उन्नति हुनेछ । मुद्दा मामिलाका क्षेत्रमा केही असहजता रहनेछ ।  आय आर्जनका अवसर प्राप्त हुनेछन् । शेयर सामान्य फलदायी रहनेछ ।  प्रेममा सफलता मिल्नेछ । व्यवसायका दृष्टिले  कार्तिक पछिको समय  उत्तम देखिन्छ । 

वृष राशि (इ उ ए, ओ वा वि वु, वे वो) :  वृष राशिका लागि यो वर्ष मिश्रित फलदायी रहने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् ।  साउन, भदौ, असोज र कार्तिक महिना व्यापारका दृष्टिले उत्तम रहनेछन् । स्वास्थ्यमा भने सजगता अपनाउनु नै उचित हुनेछ । धातुजन्य वस्तुबाट खासै लाभ देखिँदैन । सामाजिक कार्यमा मन जानेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन् । प्रेम जीवन मध्यम रहनेछ । अध्ययनको क्षेत्र सफल रहने देखिन्छ । वैदेशिक क्षेत्र लाभदायी रहने छ । कार्यमा संघर्ष भने गर्नुपर्ने देखिन्छ । आफन्तजनको सम्बन्ध सामान्य रहनेछ । शेयर बजारको गति मध्यम देखिन्छ । शनिअढैयाको प्रभाव विशेष रहनेछ । कार्यमा विलम्बका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । कार्यमा विलम्बका साथै बोलीमा पनि विकार रहनसक्नेछ । छालाजन्य रोगले पनि सताउन सक्ने देखिन्छ । अतः शनिमृत्युञ्जय पाठ, शनि जापका साथै शनिबार पीपलमा जल अर्पण गर्नाले शनिजन्य दोष शान्त गर्न सकिन्छ ।  

मिथुन राशि (का कि, कु घ ङ छ, के को हा) :  मिथुन राशिका लागि यो वर्ष फलदायी रहनेछ । व्यवसायिक सफलता पप्त हुनेछ । कार्य  लाभका योग देखिन्छन् । कर्म क्षेत्र बलवान् छ ।   कार्यमा उन्नतिका साथै पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सबल र सफल रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । अध्यन अध्यापनका दृष्टिले वर्ष उत्तम रहनेछ । कला, साहित्य र मनोरञ्जनमा विशेष रुचि जाग्नेछ । धार्मिक यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । बोलीको विशेष प्रभाव रहनेछ । स्वास्थ्य मध्यम रहनेछ । वैदेशिक क्षेत्र लाभदायी रहने देखिन्छ । वाणिज्य एवं शेयरको क्षेत्रमा सफलता मिल्नेछ । राहुको प्रभाव विशेष रहने भएकाले शत्रुपक्षबाट झमेला आइपर्ने देखिन्छ । स्वास्थ्यमा पनि वेला वेलामा समस्या भेल्नुपर्नेछ । चिसा वस्तुको प्रयोग त्यति लाभकर रहँदैन । दुर्गा भगवतीको उपासना यो वर्ष लाभदायी रहनेछ । वैशाख, जेठ, मंसिर, माघ र फागुन महिना आर्थिक दृष्टिले सबल रहनेछन् ।   

कर्कट राशि (हि, हु हे हो  डा, डि डु डे डो) :  कर्कट राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । आर्थिक क्षेत्र सबल रहने देखिन्छ । प्राज्ञिक कार्यमा मन जानेछ । आय आर्जनका क्षेत्र बढ्नेछन् । व्यापार व्यवसायमा वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग पनि देखिन्छ । मित्र सुख मिल्नेछ । विद्या लाभदयी रहने देखिन्छ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यवसायमा उन्नति हुनेछ । स्वास्थ्यकको क्षेत्रमा भने सजगता अपनाउनु नै उचित हुनेछ । खर्चमा केही वृद्धि हुनसक्नेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । धार्मिक यात्राका योग देखिन्छन् । शत्रु पक्ष निर्वल रहनेछन् । प्रेम जीवन सुखद् रहनेछ ।  सन्तान सुख प्राप्त हुने देखिन्छ । वैदेशिक क्षेत्र लाभदायी  रहनेछ । कृषि कर्म सफल रहनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । शेयर कारोबारमा वृद्धि हुनेछ । आर्थिक दृष्टिले असार, साउन, भदौ र असोजो महिना लाभदायी रहनेछन् ।  

सिंह राशि (मा मि मु मे, मो टा टि टु टे) :  सिंह राशिका लागि यो वर्ष भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।  व्यवसायमा वृद्धि हुनेछ । कार्यमा सफलता मिल्ने देखिन्छ । आय आर्जनका स्रोत बढ्दै जानेछन् ।  कार्यलाभका साथै मनमा प्रशन्नता छाउँनेछ । प्रेम जीवन सफल र सुखद् रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै मांगलिक कार्यका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । वैदेशिक क्षेत्र लाभदायी रहने देखिन्छ । अग्निजन्य वस्तुबाट भने सजग रहनु नै उत्तम हुनेछ ।  शेयरमा  उन्नति हुने देखिन्छ ।  सुखद् यात्रका योग पनि देखिन्छन् ।  बौद्धिक कार्यमा रुचि  बढ्नेछ । पशु चौपायबाट पनि उन्नति हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा प्राप्त हुने योग देखिन्छ ।  स्वास्थ्यको क्षेत्र सामन्य रहनेछ । खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । आर्थिक दृष्टिले वर्षको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ ।   
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      
कन्या राशि (टो पा पी, पू ष ण ठ, पे पो) :  कन्याराशिका लागि यो वर्ष लाभदायी रहनेछ । धार्मिक यात्रका विशेष योग देखिन्छन् । मित्र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । कार्य लाभका साथै पदोन्नतिका  अवसर पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । प्रेम जीवन मध्यम फलदायी रहनेछ । अध्ययन अध्यापनको क्षेत्र सन्तोषजनक रहनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । राजनीतिको क्षेत्र संघर्षमय रहनेछ । शनि अढैयाको प्रभावले स्वास्थ्यमा प्रभाव पार्न सक्नेछ । खर्च बढ्नुका साथै मुद्दा मामिलाको पनि सामाना गर्नुपर्ने देखिन्छ । बोलीमा विशेष ध्यान दिनु नै उचित हुनेछ । व्यवसाय उन्नतिदायी नै रहनेछ । शनिको प्रभावले हाड नसारमा समस्या पर्नसक्ने भएकाले   शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ । 

तुला राशि (रा री, रु रे रो ता, ती तु ते):  तुला राशिका लागि यो वर्ष सबल रहनेछ ।  कार्यमा सफलता मिल्ने देखिन्छ । आर्थिक उन्नतिका योग पनि देखिन्छन् । मनमा प्रशन्नता रहनेछ । व्यवसायमा सफलता मिल्ने देखिन्छ । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । आय आर्जनका बाटाहरू खुल्नेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै यात्राका  विशेष अवसर पनि प्राप्त हुनेछन् । पदोन्नतिका अवसर पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनुका साथै खेल क्षेत्रबाट पनि  लाभ हुने देखिन्छ । धार्मिक सामाजिक कार्यमा मन जानेछ । कृषिकर्म लाभदायी रहने देखिन्छ । पशुपालनमा उन्नति हुनेछ । शेयर लगानीका अवसर प्रशस्त मिल्ने देखिन्छ । आफन्तबाट भने खासै सहयोग मिल्ने देखिदैन । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । खर्चमा सामान्य वृद्धि हुनेछ । वर्षको उत्तराद्र्ध विशेष लाभदायी रहने देखिन्छ । 

वृश्चिक राशि (तो, ना नि नु ने, नो या यि यु) :  वृश्चिक राशिका लागि यो वर्ष लाभदायी रहनेछ । बोलीको विशेष प्रभाव रहने देखिन्छ । आमदानीको स्रोत बढ्नेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा मन जानेछ । असार, साउन र भदौ महिना आर्थिक दृष्टिले सबल रहनेछन् । कृषि क्षेत्र सफल रहनेछ । शेयर वृद्धिदायी रहने देखिन्छ । चिसोजन्य जलीय पदार्थ भने त्यति लाभदायी देखिदैनन् । वैदेशिक क्षेत्र उन्नतिकारक रहनेछ । मित्र सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा प्रगति हुने देखिन्छ । रोगमा अस्थिरताका साथै मुद्दा मामिलामा पनि विलम्ब  हुने देखिन्छ । अन्त्य साँढेसाती शनिको प्रभाव भने रहने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि अस्थिरता देखिन्छ । शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ ।  शनिबार पीपलमा जल अर्पण पनि शनि शान्तिका निम्ति उत्तम रहनेछ । 

धनु राशि (ये यो भा भी, भू धा फा ढा भे) :  धनु राशिका लागि यो वर्ष मिश्रित फलदायी रहने देखिन्छ । कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । धार्मिक सामाजिक कार्यमा लगाब बढ्नेछ । सुखद् यात्रका योग पनि देखिन्छन् । वैदेशिक क्षेत्र मध्यम फलदायी रहनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । वैदेशिक क्षेत्र लाभदायी रहने देखिन्छ । मित्रबाट सजग रहनु नै उचित हुनेछ ।  शनि साढेसातीको प्रभावले स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । अग्निजन्य वस्तु हानिकार रहनेछन् । शत्रु भयका साथै कार्यमा पनि अरोधको सामना गर्नुपर्नेछ । शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । कृषि व्यवसयामा सफलता मिल्नेछ । भौतिक वस्तु भने लाभदायी रहनेछन् । मंसिर पछिको समय उन्नतिकारक रहने देखिन्छ । 

मकर राशि (भो जा जी, जु जे जो खा, खि खु खे खो, गा गीे) :  मकर राशिका लागि यो वर्ष मध्यम फलदायी रहनेछ ।  कर्मप्राप्तिको योग देखिन्छ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । वैदेशिक क्षेत्र सबल र सफल रहनेछ । व्याव्यापर व्यवसाय लाभदायी रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका  अवसर पनि प्राप्त हुनेछन् । कृषि क्षेत्र लाभदायी रहनेछ । भौतिक वस्तुबाट विशेष लाभ रहने देखिन्छ । शेयर कारोबार सामान्य रहनेछ । आर्थिक क्षेत्रमा भने उतार चढाब भइरहने देखिन्छ । आद्य शनि साढेसातीको विशेष प्रभाव रहनेछ । जसले कार्यमा ढिलासुस्ती निम्त्याउनुका साथै स्वास्थ्यमा पनि बाधा व्यवधान खडा गर्ने देखिन्छ । हाड नसामा विशेष प्रभाव रहनेछ । शत्रु पक्ष सबल रहनेछन् ।  खर्चमा पनि वृद्धि हुने देखिन्छ । शनिबार पीपलमा जल अर्पणका साथै शनिस्त्रोत्रपाठ शुभदायी रहनेछ । वर्षको उत्तराद्र्ध विशेष लाभदायी रहने देखिन्छ । 

कुम्भ राशि (गु गे, गो सा सी सु, से सो दा) :  कुम्भ राशिका लागि यो वर्ष सुखद् रहनेछ । अधुरा काम पूरा हुनेछन् । मनमा प्रशन्नता रहनेछ ।  कार्यक्षेत्रमा उन्नतिका साथै पदोन्नतिका अवसर प्राप्त हुनेछ  । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्रका अवसर पनि मिल्नेछन् ।  आर्थिक क्षेत्र उन्नतिकारक रहनेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । वैदेशिक क्षेत्र मध्यम फलदायी रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् ।  व्यापार व्यवसायमा उन्नति हुनेछ । शेयर बजारमा सुधार हुनेछ । आर्थिक लाभका योग देखिन्छन् । प्रेम जीवन सफल र सुमधुर रहनेछ । कृषि कर्ममा मन जानेछ । पशु व्यवसायबाट लाभ हुनेछ । स्वास्थ्यमा भने समस्या आउनसक्नेछ । हाड नसाको समस्याले  खर्चमा वृद्धि गराउने देखिन्छ । यान्त्रिक वस्तुका साथै अग्निजन्यकुरा वस्तुबाट सजग रहनु नै उचित हुनेछ । साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् । 

मीन राशि (दी, दू थ झ ञ, दे दो चा ची) :  मीन राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । आय आर्जनका अवसर मिल्नेछन् । आर्थिक उन्नतिका साथै कार्यलाभका योग पनि देखिन्छन् । वैदेशिक क्षेत्र फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ । पे्रममा सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भू–धन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा मन जानेछ । आफन्त जनको साथ सहयोग प्राप्त हुनेछ । शेयर व्यवसायमा वृद्धि हुने देखिन्छ । राजनीतिक क्षेत्र भने चुनौतीपूर्ण रहनेछ ।  जलीय पदार्थबाट विशेष लाभ रहनेछ । स्वास्थ्यका क्षेत्रमा सजगता अपनाउनु नै उचित हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना लाभदायी रहनेछन् । 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

No comments:

Post a Comment