वस्तुदान गर्दा विशेष स्थानमा छोएर दान गर्नुपर्छ भन्ने धर्मशास्त्रीय मत रहेको छ । वस्तु दानको पूर्ण फल प्राप्तिका निम्ति पनि यस्तो व्यवस्था गरिएको हो ।
दानचन्द्रिकामा वस्तुदान कसरी गर्नुपर्छभन्ने निर्देश यस्तो पाइन्छः
गजस्य दन्ते तुरगस्य कर्णे गावञ्च पुच्छे महिषस्य शृङ्गे ।
देयं गृहीत्वा स्तनयोस्तु पत्न्याः कन्याकरे द्वारि निकेतनानाम् ।। (दानचन्द्रिका)
अर्थात् -
दान गर्ने वस्तु छोएर सङ्कल्प गर्नुपर्ने स्थान
हात्ती दाह्रामा छोएर वा हात्तीमा चढेर
घोडा र एकखुरे पशु दाहिने कान समाएर
गाई, गोरु, मृग पुच्छर समाएर
भैँसी सिङमा समाएर
कन्या हातमा समाएर
घर सँघारमा छोएर
पत्नी चुल्ठोमा समाएर
तरबार, खुकुरी एवं हतियार बीडमा समाएर
संग्रामका वस्तु छोएर
छाता डन्डीमा समाएर
ऊँट ऊँटमाथि चढेर
धन हातमा लिएर
वग्गी हरिसमा समाएर
भूमि परिक्रमा गरी माटो छोएर
यस्तै विविध विषवस्तुको शास्त्रीय प्रमाण सहित उपप्रा नारायणप्रसाद निरौलाद्वारा लिखित उपयोगी पुस्तक ‘संस्कार–सुलोचना’ सर्वत्र बजारमा उपलब्ध छ । यी अंश पनि सोही पुस्तकबाट साभार गरिएका हुन् ।
No comments:
Post a Comment