घात बार विचारः कुन राशिलाई कुन बार घात ? - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Aug 22, 2017

घात बार विचारः कुन राशिलाई कुन बार घात ?


उपप्रा.नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 

 ज्योतिष शास्त्रमा राशि अनुसार बार घात हुने गर्दछ्न । बार घात हुनु भनेको उक्त बार काम्य शुभ कर्म सकभर नगर्न राम्रो हुन्छ । बार घात हुँदैमा सबैथोक विग्रने होइन । विशेष कार्यको आरम्भ, यात्रा, विवाह, व्रतबन्ध आदि शुभ कार्यमा घारबारलाई छोड्नु पर्दछ । हरेक व्यक्ति अनुसार तिथि, नक्षत्र बार योग करण, लग्न घात हुने गर्दछन् । यसरी घात तिथि, बार, नइात्र, योग , करण परेको दिन र घात लग्न परेको समयमा शुधकार्यका लागि शास्त्रले निषेध गरेको छ ।
घात बारका बारेमा संहिता शास्त्रमा विशद विवेचना पाइन्छ । विशेषतः यात्रा, व्रतबन्ध, विवाह आदि कार्यमा यस्ता विषलाई विशेष ध्यान दिने गरिन्छ । यसैगरी नयाँ कार्यको आरम्भका दिन पनि घातमा पार्नु हुँदैन  । घात भनेकाे हानि हो । जानि जानि हानी हुने कार्य नगर्नु नै उपयुक्त हुन्छ । विशेष कर्ममा मात्र यस्ता घातको विचार गर्नु भनी शास्त्रमा उल्लेख पाइन्छ । ज्योतिष शास्त्र अन्तर्गत मुहूर्त्त खण्ड घात बारको चर्चा   गरिएको छ ।
कतिपय अवस्थामा आफूले एउटा राशि मानिरहेको र वास्तव

मा अर्कै राशि भएको पनि हुन सक्छ । यस्तो परेको खण्डमा बार घात नमिल्न सक्छ । त्यसैले सर्वप्रथम आफ्नो राशि के हो यकिन गर्नु आवश्यक हुन्छ । आफ्नो जन्ममितिका आधारमा राशि निर्धारण गरिएको हुन्छ । कसैको बोलाउने नाम भिन्ने र जन्ममिति अनुसार जुरेको भिन्ने नाम हुन्छ । यसरी बारघात विचार गर्दा जन्मकालिक राशि नै फल घटन योग्य हुन्छ । त्यसैले बार घात बुझ्न सर्वप्रथम राशिमा प्रष्टलहुनु पर्दछ ।

नक्रे भौमो गोहरिस्त्रीषु मन्दश्चन्द्रो द्वन्द्वेऽर्कोऽजभे ज्ञश्च कर्के ।
शुक्रः कोदण्डालिमीनेषु कुम्भजूके जीवो घातबारा न शस्ताः ।। (मुहूर्त्तचिन्तामणिः,यात्राप्रकरणम्,श्लो.३१)

मेष राशिका लागि आइतबार घात हुन्छ । वृष राशिका लागि शनिबार घात हुने गर्दछ । यसैगरी मिथुन राशिका लागि सोमबार,कर्कट राशिका लागि बुधबार, सिंह राशिका लागि शनिबार, कन्य राशिका लागि शनिबार, तुला राशिका लागि विहीबार,वृश्चिक र धनु  राशिका लागि शुक्रबार, मकर राशिका लागि मंगलबार,कुम्भ राशिका लागि विहीबार र मीन राशिका लागि शुक्रबार घात हुन्छ ।

घात भनेको अशुभ सूचक हो । यस्ता दिनमा गरिएको विशेष कार्यले हानि अर्थात् क्ष्ति पुग्ने भएकाले विशेष यात्रामा त्याग्नु भनेर शास्त्रले बताएको छ । यस्तो घात बारको व्यवस्था नित्य दैनन्दिनी कार्यका लागि विचार गर्नु पर्देन । विशेष कार्यको आरम्भ, यात्रा, व्रतबन्ध,विवाह आदि कार्यमा विशेष ख्याल राख्नु पर्दछ । विशेष यात्रामा भने शास्त्रले किटानका साथ नै त्याग्नु पर्छ भनी बताएको छ ।

No comments:

Post a Comment