सन् २०२० कुन राशिलाई कस्तो रहनेछ ? - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 28, 2019

सन् २०२० कुन राशिलाई कस्तो रहनेछ ?


मेष राशि 

  सन् २०२० सुखद् रहनेछ । भाग्यस्थान सबल देखिन्छ । वर्षको आरम्भमा भने स्वास्थ्यमा प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।  मार्चपछिको समय भने सुखद् रहनेछ । पराक्रम भावमा रहेको राहुले कार्य क्षेत्रमा सहयोग गर्ने देखिन्छ । सञ्चारको क्षेत्रमा विशेष  उन्नति हुनेछ । जुन महिनाबाट बृहस्पति वक्रीभई धनु राशिमा प्रवेश गर्नेछन् । जसले भाग्यमा अभिवृद्धि गराउने देखिन्छ ।

वर्षारम्भ कुण्डलीमा शनि कर्मभावमा रहेने भएकाले कार्यमा संघर्ष भने गर्नुपर्ने देखिन्छ । स्वगृही शनिले संघर्षको उचित प्रतिफल पनि दिलाउनेछ । यसैगरी न्यायिक क्षेत्र पनि सबल रहनेछ । कृषिकर्म पनि फलदायी रहनेछ । 

वैदेशिक  क्षेत्र यो वर्ष उन्नतिकारक रहने देखिन्छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।  आय आर्जनमा वृद्धि हुनेछ । 

विद्याको क्षेत्र सबल रहने देखिन्छ । खोज अनुसन्धान कर्ताका निम्ति पनि यो वर्ष सुखद् रहनेछ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । कला साहित्यको क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । मिहिनेतको पूर्णतः प्रतिफल प्राप्त हुने योग देखिन्छ ।

वाणिज्य क्षेत्र यो वर्ष  लाभदायी रहनेछ । वित्तीय लाभका योग पनि देखिन्छन् । आमदानीका स्रोत बढ्नुकका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । यो वर्षको मे देखि सेप्टेम्बरमहिनासम्म भने खर्चमा वृद्धि हुनसक्न देखिन्छ । सेप्टेम्बर पछि बृहस्पति अनुकूल रहने भएकाले  समय सुखद् रहने देखिन्छ । सेयर लगानी प्रतिफलदायी रहनेछ । निर्णय प्रक्रियामा भने नहतारिनु नै उचित   हुनेछ । 

घर परिवारबाट साथ सहयोग प्राप्त हुने देखिन्छ । राहुको प्रभावले वैचारिक मतभेद दिलाउन सक्नेछ ।
प्रेम जीवन यो वर्ष सफल रहने देखिन्छ ।  सम्बन्धमा प्रगाढता रहनेछ । एक आपसमा सरसहयोगका भावना बढ्नुका साथै वैवाहिक जीवन पनि सुखमय रहने देखिन्छ । मे देखि सेप्टेम्बर महिनासम्म भने शनिले वादविवाद गराउन सक्नेछ । सेप्टेम्वर पछिको समय भने सुखद् रहनेछ । प्रेममा धैर्यता यो वर्ष आवश्यक रहने  देखिन्छ ।

वृष राशि 

  वृष राशिका लागि सन् २०२० यात्रादायी रहने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । कार्यक्षेत्रमा उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । भाग्यको क्षेत्र बलवान् रहनेछ । भूधन लाभदायी रहनेछ । पारिवारिक सुख मिल्ने योग देखिन्छ ।

सेप्टेम्बर महिनासम्म केही खर्चिलो समय रहने देखिन्छ । धनस्थानको राहुले व्यवसायलाई पनि प्रभावित पर्न सक्नेछ । सो पश्चात्को समय आर्थिक हिसाबले उन्नत रहने देखिन्छ ।

कर्मस्थानको अधिपति शनिश्चर स्वगृही भएर भाग्यभावमा बृहस्पतिसँग रहेका छन् । जसले कर्मलाई सबलता प्रदन गरको छ ।  बृहस्पति पनि नीच भावमा रहने भएकाले वर्षको पूर्वाद्र्ध कार्यदायी रहनेछ । धातुजन्य वस्तु विशेष लाभदायी रहने देखिन्छ ।
विद्याको क्षेत्र सफल रहनेछ । शनिको प्रभावले खराव मित्रको संगते गराउन सक्नेछ । जसले कार्यमा पनि व्यवधान खडा गर्न सक्नेछ ।

वाणिज्य  क्षेत्र औसत फलदायी रहनेछ । मार्च महिनासम्म व्यवसायिक सफलता मिल्ने देखिन्छ । कार्यमा विलम्ब नगर्नु नै उचित हुनेछ । सेयर लगानी प्रतिफलदायी देखिन्छ । धातुजन्य वस्तु विशेष लाभदायी रहनेछन् । 

प्रेम सम्बन्ध सुखद् रहनेछ । आर्थिक कुराले केही मतभेद भए पनि वर्ष प्रेमिल नै रहने देखिन्छ । 
पारिवारिक क्षेत्र सबल र सफल रहनेछ ।  बौद्धिक कार्यमा उन्नतिका साथै निर्णय क्षमता पनि वृद्धि हुनेछ । स्वास्थ्य सबल रहने देखिन्छ । शत्रु पराजित हुनेछन् ।  धार्मिक कार्यमा मन जानेछ । निर्णय कार्यमा नहतारिनु नै उचित यो वर्षको राशिफल देखिन्छ । 

मिथुन राशि 
मिथुन राशिका लागि यो वर्ष लाभदायी रहनेछ । तर्कशक्तिमा विकास हुने देखिन्छ । सूर्यको साथमा रहेर बुधले बुधादित्य योग बानाएकाले वर्षको आरम्भ सुखद् रहने देखिन्छ । बौद्धिक कार्यमा विशेष सफलता मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र पनि उन्नतिकारक रहनेछ ।  बृहस्पतिको प्रभावले आर्थिक क्षेत्रलाई पनि सबल बनाएको देखिन्छ ।

  वर्षरम्भमा चन्द्रबल पनि सबल बनेकाले भाग्योदयका साथै धार्मिक यात्राका अवसर प्राप्त हुनेछन् । स्वास्थ्यको हिसाबले यो वर्ष मध्यम रहनेछ । मार्च महिनापछि शनि अढेयाको प्रभाव रहने देखिन्छ । जसले स्वास्थ्यमा प्रतिकूलता निम्त्याउन सक्नेछ । विशेषगरी हाड नसामा समस्या रहनुका साथै खर्चमा पनि वृद्धि गराउनसक्ने समय रहेको छ । यसैगरी कार्यक्षेत्रमा पनि विलम्ब गराउनसक्नेछ । अतः शिवजीको उपासनासँगै शनिमृत्युञ्जय पाठ एवं शनिवार पिपलमा जलअर्पण लाभदायी रहनेछ ।

कृषि व्यवसायमा भने उन्नति रहनेछ । पशु चौपायबाट लाभ हुने देखिन्छ । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । मार्च महिनासम्म व्यवसायमा सफलता मिल्ने देखिन्छ । वस्त्रादि मुलायम वस्तुका साथै कागजी व्यवसायमा पनि फाप्ने देखिन्छ ।

प्रेम जीवन मध्उम फलदायी रहनेछ । वर्षको मध्यमा प्रेममा केही उतार चढावको सामना गर्नुपर्ने देखिन्छ । अहं पनलाई त्याग्न सके प्रेम पनि सफल बन्ने देखिन्छ ।

वित्तीय हिसाबले तपाईंको यो वर्ष सुखद् रहने देखिन्छ । राहुको प्रभावले गर्दा सेप्टेम्बर महिनासम्म भने आर्थिक अस्थिरताको सामना गर्नुपर्नेछ । मार्च महिनामा भने विशेष लाभका  योग देखिन्छन् । आयमा वृद्धि हुनेछ । ठूला जोखिमयुक्त कार्यमा भने अग्रसर नुहुनु नै लाभदायी हुनेछ । सेयर बजार सबल देखिन्छ । भू धन विशेष लाभदायी रहनेछ । समग्रमा तपाईको २०२० उन्नतिकार नै रहने देखिन्छ । 

कर्कट राशि 

कर्कट राशिका लागि सन् २०२०  सफल रहनेछ ।  भौतिक वस्तु लाभदायी रहनेछन् ।  शत्रुपक्ष दुर्वल रहनेछन् । कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।
कार्यक्ष्ोत्रमा उन्नति हुनेछ । नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । लगानीका नयाँ अवसर प्राप्त हुनुका साथै देश विदेश परिभ्रमणका योग पनि देखिन्छन् । कार्यक्षेत्रमा परिश्रम अधिक गर्नुपरेपनि  सफलता हात पर्ने नै देखिन्छ ।
स्वास्थ्यको क्षेत्र मध्यम रहने देखिन्छ । जुन महिनामा बृहस्पति धनु राशिमा आउनेछन् । जसले स्वास्थ्यमा प्रतिकूलता निम्त्यान सक्नेछ । शीतकारक वस्तुबाट सजग रहनु नै उचित हुनेछ ।
खेलक्षेत्र योवर्ष सफल रहनेछ । प्रतिस्पर्धी पछाडि पर्नेछन् । आईटी, ईन्जिनियरि, मिडिया, अभिनय, राजनीति आदि क्षेत्र पनि  मंगल ग्रहको उपस्थितिले सबल बनाएको छ । सफलता प्राप्तिका योग देखिन्छन् ।
फेव्रुअरी महिनापछि शनिको परिवर्तनले कार्य क्षेत्रमा पनि परिवर्तन गराउनसक्ने देखिन्छ ।  मार्चबाट कार्यक्षेत्रमा नयाँ दिशा पपत हुनेछ । मार्चको आरम्भमा अधिक परिश्रम गर्नुपरे पनि परिश्रमको उचित प्रतिफल प्राप्त हुने देखिन्छ । 
मे महिना पछि शनि मार्गी हुनेछन् । जसले  व्यापार, व्यवसायमा बाधा उत्पन्न गर्न सक्ने देखिन्छ । बृहस्पति अनुकूल रहने भएकाले विद्याको क्षेत्र सबल रहनेछ । अध्यययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।
सेप्टेम्बर पछिको समय सबल रहने देखिन्छ । स्वास्थ्य, कार्य व्यवसाय, प्रेम, वित्तको आदि क्षेत्रमा उन्नति हुनेछ । आफ्ना कार्य योजनमा पनि सफलता प्राप्त हुने देखिन्छ ।
प्रेमक जीवन सुखद् रहनेछ । दाम्पत्य सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि मिल्ने  देखिन्छ ।

सिंह राशि 

सिंह राशिका लागि यो वर्ष (सन् २०२०) प्रतिष्ठादायक रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्यक्षेत्रमा पदोन्नतिका अवसर पनि प्राप्त हुने देखिन्छ ।  पारिवारिक सुख मिल्नेछ । शत्रु पराजित हुनुका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहने देखिन्छ ।
वर्षआरम्भ कुण्डलीमा शुक्र, कर्मभावका स्वामी बनेका छन् । जसले कार्यक्षेत्रमा सबलता प्रदान गर्ने देखिन्छ । प्रतिस्पर्धीको सामना गर्नुपरे पनि जित तपाईकै पक्षमा हुनेछ । राहु एघारौं स्थानमा रहेकाले वैदेशिक भ्रमणका योग पनि बनाएकोछ । तार्किक बहसमा पनि केही समय व्यतित हुन सक्नेछ । कार्यमा विलम्ब गर्नु स्वयंलाई नै हानिकारक रहनसक्ने देखिन्छ ।

अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । बृहस्पतिले अध्ययनमा सफलता प्रदान गर्नेछन् । सृजनात्मक कार्यमा मन जानेछ । अध्ययनकै निम्ति वैदेशिक यात्राका योग पनि देखिन्छन् ।

फेब्रुअरीबाट शनि शत्रुभावमा आउने भएकाले कार्यमा व्यवधानको सामना गर्नुपर्ने देखिन्छ । स्वगृही भएका कारण शनिले शत्रु पराजित गर्ने सामथ्र्य प्रदान गर्नेछन् । मार्च महिनामाबाट बृहस्पतिको पनि प्भाव रहनेछ । जसले तपाइँलाई प्रतिस्पर्धामा सफल बनाउँने देखिन्छ ।

मे महिनाबाट कार्यमा व्यवधानको सामना गनुपर्ने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै आर्थिक अस्थिरता पनि रहनसक्ने देखिन्छ ।
पे्रमजीवन सुखद् रहनेछ । आपसी समझदारीले सृजनात्मक कार्यमा अभिप्रेरित गर्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । केही मतभेद रहे पनि आपसी सम्बन्ध थप प्रगाढ बन्दै जानेछ । धैर्यताले प्रेममा थप उचाइ थप्ने देखिन्छ ।
वर्षको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । राहु र केतुको पनि अनुकूलता नै रहने देखिन्छ । समग्रमा यो वर्ष सफल रहने देखिन्छ ।


कन्या राशि 

कन्या राशिका लागि सन्  २०२० सफल र सबल रहने देखिन्छ । कार्यक्षेत्रमा उन्नति हुनेछ ।  वित्तीय उन्नतिका योग पनि देखिन्छन् । कार्यक्षेत्रमा मिहिनेत भने गरिरहनु नै पर्नेछ । भाग्य स्थान उन्नत रहने भएकाले सफलता तपाइकै हातमा रहने देखिन्छ ।
वाणिज्यको क्षेत्र विशेष लाभदायी रहनेछ । राशीस्वामी बुध वर्षारम्भको राजा पनि भएकाले आर्थिक क्षेत्रलाई सबल बनाएको छ । बौद्धिक कार्यमा पनि संलग्नाता गराउने देखिन्छ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । धातुजन्य वस्तु विशेष लाभदायी रहने देखिन्छ ।  बृहस्पतिको प्रभावले धनको क्षेत्रलाई उन्नत बनाएको छ । सकारात्मक कार्यमा मन अभिप्रेरित रहनेछ । सेयर लगानि प्रतिफलदायी रहने देखिन्छ ।

प्रेम जीवन सुखद् रहनेछ । दाम्पत्य सुखका योग पनि देखिन्छन् । प्रेममा नयाँ आयाम आउने सम्भावना अधिक रहेको छ । पारिवारिक साथ सहयोग पनि यो वर्ष प्राप्त हुने देखिन्छ ।

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लेखन कार्यमा विशेष सफलता प्राप्त हुने देखिन्छ । मार्च पछिको समय अझ सबल रहनेछ ।

फेब्रुअरी १६ पछि शनि मकरराशिमा प्रवेश गर्नेछन् । जसले  विज्ञान एवं कानूनी क्षेत्रममा विशेष सफलता दिलाउनेछ । सन्ततिबाट पनि शुभ समाचार मिल्ने देखिन्छ । बृहस्पतिले पनि जीवनमा थप ऊर्जा प्रदान गर्नेछन् ।

 मे महिनादेखि सेप्टेम्वर महिनासम्म वक्री शनिको प्रभाव रहनेछ । जुन समय तपाईका लागि कार्यदायी रहने देखिन्छ । स्वास्थ्यमा पनि विशेष सजग रहनु उचित हुनेछ । कार्यमा पनि अस्थिरता प्राप्त हुनुका साथै मनमा नकारात्मक भावनाले राज गर्न सक्नेछन् । आर्थिक क्षेत्रलाई पनि केही प्रभावित पार्न सक्ने समय देखिन्छ ।  निर्णय प्रक्रियामा सचेतताका साथै अडिग रहनु उचित हुने देखिन्छ । यात्रा गर्दा गणेशजीको उपासना शुभ रहनेछ ।
सेप्टेम्बर पछिको समय भने सबल बन्ने देखिन्छ । आर्थिक उन्नतिका साथै मनमा नयाँ कार्य गर्ने उत्साह छाउनेछ । व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।



तुला राशि 

तुला राशिका लागि सन्  २०२० सुखद् रहने देखिन्छ । पारिवारिक क्षेत्र सबल रहनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुने देखिन्छ । वर्षको आरम्भमा शुक्र चतुर्थभावमा रहेकाले भौतिक वस्तुबाट सुख मिल्नेछ । मित्रजनको साथ सहयोगले  नयाँ कार्यमा प्रवृत्त गराउने देखिन्छ ।
 सुखद् यात्राका योग पनि बनेका छन् । धार्मिक कार्यमा मन जानेछ । धार्मिक क्षेत्रको परिभ्रमण पनि यस वर्ष सुखद् रहने देखिन्छ ।

प्रेम जीवन सबल र सफल रहनेछ । सम्बन्धमा थप प्रगाढता आउनुका साथै सहयात्राका योग पनि देखिन्छन् । दाम्पत्य सुख मिल्नेछ ।  बोलीमा भने स्थिर रहनु नै उचित हुने देखिन्छ । 
विद्याको क्षेत्र मध्यम रहनेछ । कला साहित्यमा अग्रसरता रहनुका साथै बौद्धिक उन्नयनका योग पनि देखिन्छन् ।

भौतिक वस्तु लाभदायी रहनेछन् । भूमिबाट पनि लाभ रहने देखिन्छ । वित्तलाभका साथै  वाहनबाट पनि सुख मिल्ने देखिन्छ ।
फेब्रुअरिपछि भने शनि अढैयाको प्रभाव रहनेछ । जसले कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रु पक्ष पनि सबल बन्नेछन् । कानुनी झमेलाको पनि समाना गर्नुपर्ने देखिन्छ । उक्त समयमा शिवजीको उपासनाका शुभ फलदायी रहनेछ ।

बृहस्पतिको प्रभावले यात्राका योग पनि बनाएको देखिन्छ । धार्मि कार्यमा अग्रसरता रहनेछ । कृषि व्यवसायमा सफल रहनेछ । अन्नबाट विशेष लाभ हुने देखिन्छ । पशुव्यवसायको क्षेत्र पनि सबल नै रहनेछ । समग्रमा यो वर्ष मिश्रित फलदायी रहनेछ ।

वृश्चिक राशि 

वृश्चिक राशिका लागि सन् २०२० उपलब्धिमूलक रहनेछ । राशिस्वामी मंगल वर्षरम्भकुण्डलीको लग्नमा निवास गरेका छन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । सुखद् यात्राका योग देखिन्छन् । नेतृत्व क्षेमतामा अभिवृद्धि हुनेछ । धनस्थानमा पञ्चग्रहको योग परेको छ । स्वगृही बृहस्पतिसँग बुध, सूर्य, शनि र केतुको निवासले धन क्षेत्रलाई सबल बनाएको देखिन्छ । कार्यमा पनि सफलता प्राप्त हुनेछ ।
भौतिक वस्तुबाट सुख मिल्नेछ । मित्रजनको सहयोगले नयाँ कार्यमा अग्रसर गराउने देखिन्छ । धार्मिक कार्यमा पनि प्रवृत्त गराउने देखिन्छ । वर्षको शुरुमा, राहु आठौं घरमा बस्ने भएकाले स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने देखिन्छ । फेब्रुअरी मिहनासँगै साँढेसाती शनि सकिनेछ । जसले धनका साथै स्वाथ्सयलाई पनि सबल बनाउनेछ ।

राजनीतिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । स्वगृही शनिले पराक्रम भावलाई सबल बनाएको छ । जसले नेतृत्व क्षमतामा थप वृद्धि गर्नेछ ।

 अध्ययन अध्यापनको क्षेत्र मध्यम रहने देखिन्छ । शनिको प्रभावले अध्ययनको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । जुन महिनापछि बृहस्पति पराक्रम भावमा प्रवेश गर्नेछन् । जसले कार्य क्षेत्रमा उन्नतिकासाथै नेतृत्व क्षमथतामा वृद्धि गराउनेछ ।

पारिवारिक जीवन सुखद् रहन देखिन्ेछ । जीवनसाथीको पूर्ण साथ सहयोग मिल्नेछ । प्रेममा खुशीको बहार छाउने देखिन्छ ।

मे महिना संघर्षदायी रहनेछ । शनि र बृहस्पति दुवै वक्र रहने भएकाले खर्चमा वृद्धि हुनसक्ने देखिन्छ । कार्यमा अवरोधको पनि समाना गर्नुपर्नेछ । बौद्धिक पक्ष भने सबल रहने देखिन्छ । जुन महिनापछि आयआर्जनमा वृद्धि हुनेछ । सेयर बजारमा वृद्धिका साथै  व्यापार व्यवसायबाट पनि लाभदायी रहने देखिन्छ ।  सेप्टेम्बर महिनापछि  शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । कला साहित्यमा अभिरुचि रहनुका साथै अध्ययन अध्यापनमा पनि  सफलता मिल्नेछ ।  कार्यक्षेत्रमा पदोन्नतिका अवसर पनि प्राप्त हुने देखिन्छ । शत्रु पराजित हुनेछन् । धैर्यपूर्वक कार्यमा अघिबढ्नुपर्ने यो वर्षको राशिफल देखिन्छ ।

धनु राशि 

धनु राशिका लागि सन् २०२० लाभदायी रहनेछ । कार्य क्षेत्रमा उन्नति हुने देखिन्छ । आर्थिक पक्ष सबल रहनेछ । पराक्रम बढ्नुका साथै नयाँ कार्यमा मन अभिप्रेरित हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । शत्रु पराजित हुनेछन् ।  मित्रबलले भाग्यमा अभिवृद्धि हुने देखिन्छ ।
शैक्षिक क्षेत्र विशेष लाभदायी रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै लेखन कार्यमा विशेष अभिरुचि रहनेछ । वैदेशिक क्षेत्र सबल देखिन्छ । यात्राका अवसर मिल्नुका साथै आय आर्जनमा पनि उन्नति हुनेछ ।

प्रेमजीवन मध्यम फलदायी रहने देखिन्छ । वर्षारम्भ कुण्डलीमा राहु सप्तमा भावमा रहेकाले प्रेम एवं दाम्पत्य क्षेत्रमा मतभेद रहनसक्नेछ । बुध र बृहस्पतिको दृष्टि रहेकाले सम्बन्धमा प्रगाढता आउने  देखिन्छ ।
१६ फेबु्रअरीपछि मध्यसाँढेसाती शनि गोचरमा रहनेछन् । जसले कार्यमा व्यवधानका साथै खर्चमा पनि वृद्धि गराउन सक्ने देखिन्छ । शिवजीको उपासनासँगै शनिवार पिपलमा जल अर्पण तपाइलाई यो वर्ष शुभफलदायी रहनेछ । भौतिक वस्तु मध्यम फलदायी रहनेछन् । लेनदेनका कारोवारमा सजग रहनु नै उचित हुनेछ । धनस्थानमा निवास गर्ने शनिको प्रभावले धनमा चुहावको सम्भावना पनि बढाएको देखिन्छ । नोभेम्वर पछिको समय लाभदायी रहनेछ । कार्यमा सफलता मिल्नुकासाथै व्यवसायमा पनि उन्ति हुने देखिन्छ ।
स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । वर्षको मध्यमा वात प्कृतिका रोगले भने केही दुःख दिन सक्नेछन् । सेप्टेम्बर महिनापछि भने स्वास्थ्यमा पनि सबलता रहने देखिन्छ ।

मकर राशि 

मकर राशिका लागि सन् २०२० उन्नतिकारक रहनेछ । वर्षरम्भ कुण्डलीमा राशि स्वामी शनिश्चर व्यय स्थानमा रहेकाले १६ फेब्रुअरीसम्म समय खर्चिलो रहनसक्ने देखिन्छ ।  सो पश्चत्का समय भने सबल र सुखद् रहनेछन् । देश विदेश यात्राका अवसर पनि प्राप्त हुने देखिन्छ ।  समस्यासँग लड्न सक्ने सामथ्र्य शरीरमा रहनेछ । राजनीतिक क्षेत्र पनि सफल रहने देखिन्छ ।
कार्यक्षेत्रमा उन्नति हुनेछ । स्वगृही शनिश्चरले प्राविधिक क्षेत्रमा विशेष सफलता दिलाउने देखिन्छ । व्यवसाययिक दृष्टिले पनि यो वर्ष उन्नतिकारक नै रहनेछ । लगानीका नयाँ स्थान प्राप्त हुनेछन् । सेयर बजारमा उन्नतिकारक रहनुका साथै जलीय पदार्थको व्यवसाय पनि यो वर्ष विशेष लाभदायी रहने देखिन्छ । मे महिनामा भने शनि र बृहस्पति वक्री रहनेछन् । जसले कार्यमा अवरोधका साथै निर्णय क्षमतामा पनि कमी ल्याउने देखिन्छ । जुन देखि सेप्टेम्बर महिनासम्म भने समय सफल रहनेछ । सेप्टेम्बर महिनापछि भने राहुको प्रभावले केही कार्यमा अस्थिरता  निम्त्याउन सक्नेछ । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।
प्रेम जीवन सुखद् रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछ । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै  धार्मिक यात्राका योग पनि देखिन्छन् ।
स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । शत्रु पक्षको बेला बेलामा अवरोध सामना गर्नुपर्ने देखिन्छ । स्वगृही शनिले प्राविधिक क्षेत्रमा सफलता दिलाउनेछ । मेसिनरी वस्तुपनि यो वर्ष लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । वर्षको आरम्भमा केही सुस्तता रहे पनि वर्षको उत्तराद्र्ध अध्ययन अध्यापनका दृष्टिले सबल रहनेछ । मित्र सहयोग मिल्नुका साथै यो वर्ष सबल र सफल रहने देखन्छ ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । सृजनात्मक कार्यमा अभिरुचि रहनुका साथै नयाँ कार्य प्राप्तिका अवसर पनि मिल्नेछन् । वर्षारम्भ कुण्डलीमा शुक्र र चन्द्रमाको निवास भएकाले मनोरञ्जनमा विशेष लगाव रहनेछ ।
कार्य क्षेत्रमा उन्नति हुने देखिन्छ । आमदानीको स्रोत बढेनेछन् । फेब्रुअरी सम्मको समय विशेष लाभदायी देखिन्छ । पाँचवटा ग्रहको निवासले आमदानीलाई थप बलियो बनाएका छन् । मे महिनापछि भने कार्य क्षेत्रमा संघर्ष गनुृपर्ने देखिन्छ । शनिको प्रभावले बोलीमा पनि अस्थिरता रहनसक्नेछ । यो समयमा शिवजीको उपासनासँगै शनिमृत्युञ्जय पाठ शुभ रहनेछ । जुन महिनापछिको समय सबल रहनेछ । आर्थिक उन्नतिका साथै व्यसायमा पनि वृद्धि हुने देखिन्छ । धातुजन्य वस्तु लाभदायी रहनेछन् ।  वाहन सुख मिल्नेछ ।  सेप्टेम्बरपछि भने खर्चमा वृद्धि हुने देखिन्छ ।

 शत्रुपक्ष भने योवर्ष सक्रि यनै रहनेछन् । कार्यमा व्यवधान भएपनि सफलता भने तपाईकै हातमा हुने देखिन्छ ।
वैदेशिक क्षेत्र सबल र सफल रहनेछ । नयाँ कार्य प्राप्तिका साथै आर्थिक उन्नति पनि हुने देखिन्छ ।  यात्रका अवसर पनि प्राप्त हुनेछन् ।  मित्र लाभका योग पनि देखिन्छन् ।
अध्ययन अध्त्रयापनमा सफलता मिल्ने देखिन्छ । प्राज्ञिक कार्यमा मन जानेछ । प्रतिस्पर्धामा पनि सफलता हात पर्ने देखिन्छ ।
स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । मनोरञ्नमा अधिक समय व्यतित हुने देखिन्छ । कर्म क्षेत्र बलवान् रहेकाले समग्रमा यो वर्ष सफल नै रहनेछ ।

मीन राशि 

मीन राशिका लागि यो वर्ष (सन् २०२०) फलदायी रहनेछ । नयाँ कार्य प्राप्तिका साथै पदप्रतिष्ठामा अभिवृद्धि हुने योग देखिन्छ । वर्ष आरम्भ कुण्डलीमा राशिस्वामी बृहस्पति कर्मस्थानमा स्वगृही भएर बसेकाले फेबुअरी सम्मको समय सबल रहनेछ । मार्च महिनापछि भने गुरुले स्थान परिवर्तन गर्ने भएकाले अध्ययन अध्यापनका साथै आर्थिक क्षेत्र पनि प्रभावित हुनसक्ने देखिन्छ ।
कार्यक्षेत्रमा विशेष लगाव रहनेछ । भौतिक वस्तु विशेष लाभदायी रहनुका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । व्यवासयक सफलताका योग देखिन्छन् । वाणिज्य क्षेत्र पनि आकर्षणको केन्द्र रहनेछ । सेयर व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।
मार्च महिनासम्म आर्थिक क्षेत्र सबल रहनेछ । सो पश्चात् बृहस्पतिले स्थान परिवर्तन गरी नीचहुने भएकाले आयक्षेत्रलाई विशेष प्रभाव पार्नेछन् ।
प्रेम जीवन मध्यम रहनेछ । आत्मीय सम्बन्ध कायम हुने दखिन्छ । वर्षको उत्तराद्र्धबाट भने विचारमा भिन्नताका कारण वादविादको सामना गर्नुपर्ने देखिन्छ ।  वैवाहिक जीवन भने सुखद् रहनेछ । 
यो वर्ष सुखद् यात्राका योग पनि देखिन्छन् । नवमेश मंगल स्वगृही भएर बसेकाले देश विदेशको यात्राका गराउनेछ । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । खर्चमा वृद्धि भए पनि यात्रा सुखमयी रहने  देखिन्छ ।
स्वास्थ्यको क्षेत्र पनि सबल रहनेछ ।  रोग निवृत्तिका योग देखिन्छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढ्नुका साथै स्वास्थ्यमा  लाभ मिल्नेछ ।
धार्मिक कार्यमा यो वर्ष विशेष अभिरुचि रहने देखिन्छ । आध्यात्मिक चिन्तनमा मन लाग्नेछ । माङ्गलिक कार्यका योग पनि देखिन्छन् ।
सेप्टेम्बर पछिको समय विशेष लाभदायी रहनेछ । कार्य योजनाहरू सफल हुनेछन् । समग्रमा तपाईको यो वर्ष मिश्रित फलदायी रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य

No comments:

Post a Comment