निर्जला एकादशीव्रतमहिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 1, 2020

निर्जला एकादशीव्रतमहिमा


                                                                                            नारायणप्रसाद निरौला, ज्योतिषाचार्य

ज्येष्ठशुक्ल पक्षको एकादशीलाई निर्जला  भनिन्छ । निर्जलाको शब्दको अर्थ जल अर्थात् पानी रहित भन्ने हुन्छ । यस दिन पानी पनि नपिई व्रत वस्नुपर्ने विधान गरिएको छ । 
वृषस्थे मिथुनस्थे वा शुक्ला ह्येकादशी भवेत् । 
ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता ।।१५।। (भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, ज्येष्ठशुक्ल श्लो १५) 
अर्थात् पानी नपिई व्रतबस्नुपर्ने एकादशी भएकाले निर्जला  नाम रहन गएको हो ।
 कथा
निर्जला एकादशीको व्रतकथा व्यास र महावलि भीमको सम्वादमा आधारित रहेको छ । व्यासजीले माता कन्ती लगायत पण्डडवलाई एकादशीको माहात्म्य वर्णन गर्ने क्रममा आफ्ना आमा कुन्ती एवं दाजुभाई युधिष्ठिर, अर्जुन, नकुल सहदेव द्रौपदीले सधैँ एकादशीको व्रत धारण गर्ने गरेको तर आफ्नो जठराग्निले भोक सहन गर्न नसक्ने भएकाले एकादशीको व्रत धारण गर्न नसकेको कुरा भीमले बताएपछि निर्जला एकादशीको माहात्म्य व्यासजीले उल्लेख गनूभएको छ ।  
एकादश्यां निराहारान्नरः पापात् प्रमुच्यते । 
द्रव्यशुद्धिः कलौ नास्ति  संस्कारः स्मार्त एव च ।। २४।।
अर्थात् एकादशीमा निराहार रहने मुनुष्य नै सबै प्रकारका पापबाट मुक्त हुन्छन् । कलियुगमा द्रव्यशुद्धिका साथै स्मार्त संस्कार पनि नरहने भएकाले एकादशीको व्रत धारण गर्नुपर्दछ । कलियुगमा एकादशीको व्रत नै उत्तम विधि हो । 

अन्य एकादशीमा  फलादि खाएर उपासना गर्नुपर्छ । तर निर्जला एकादशीमा भने जल पनि लिनु हुँदैन –
एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि । एकादश्यां सिते पक्षे ज्येष्ठस्योदकवर्जितम् ।।२६।।
तत् फलं समवाप्नोति तच्छृणुष्व वृकोदरः । सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलम् ।।२७।।
तत् फलं समवाप्नोति इमां कृत्वा वृकोदरः । 
संवत्सरेण यश्च स्युः शुक्लाः कृष्णा वृकोदरः ।।२८।।
सारा तीर्थमा स्नान गरेर जो फल प्राप्त हुन्छ त्यो फल निर्जला एकादशीको व्रत धारण गर्नाले प्राप्त हुन्छ । वर्षभरिको एकादशीमा गरिएको व्रतको फल यही ज्येष्ठ शूक्लपक्षको निर्जला एकादशीव्रतले प्राप्त हुन्छ । त्यसैले हे वृकोदर निर्जला एकादशीको व्रत गर्नुपर्दछ । 

अन्य एकादशीमा व्रत रहन नसके पनि निजृला एकादशीको व्रत धारण गर, जसले वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।
यसपछि  वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्र्न सहमत भए । यसैले वर्ष भरका एकादशीहरूको पुण्य लाभ दिने यस एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । 

व्रतविधान
यो व्रत नर नारी जो काकहीले पनि लिन सकिन्छ । व्रतमा सत्यवचन, अहिंसा, परोपकार एवं भगवत्सेवा अनिवार्य रहन्छ । मनलाई पवित्र बनाई गरिएको व्रत पूर्णतः फलदायी रहन्छ । 

व्रतरहनुभन्दा अघिल्लो दिनदेखि पवित्र रहनु पर्दछ । एकादशीका दिन प्रातः शौचस्नानदि कार्य गरी पूजा सामग्री सम्पादनपश्चात् व्रतको सङ्कलप गर्नुपर्दछ । सो पश्चात् दीप, कलश गणेशजीका साथै लक्ष्मीनारायण भगवान्को षोडशोपचारले पूजा गर्नुपर्दछ । 

सो पश्चात् दान गर्न भनिएको वस्तु दान गर्नुपर्दछ । भगवान्को नामसंकीर्तनका साथै सन्ध्यामा आरतीका साथै रातमा जाग्रम वस्नु पनि उत्तम मानिएको छ । यसैगरी द्वादशीका दिन प्रातः स्नान गरी संकल्पपूर्वक पूर्णपात्र दानका साथै ब्रह्मणभोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्र पूर्णतः फलदायी रहन्छ भनी एकादशी माहात्म्यमा बताइएको छ । 

व्रतफल 
यस दिन व्रती निर्जल व्रत रहेर सज्जन ब्राह्मणलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछन्  त्यस्ता व्यक्तिले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग गर्न पाउछन् ।  यसैगरी 
तत् कर्तव्यं नरैस्त्रीभिः श्रद्धा–दमसमन्वितैः । 
जलशायी तु सम्पूज्यो देया धेनुश्च तन्मयी ।।४६।।
पलकोटिसुवर्णस्य यामे यामेऽश्नुते फलम् । 
स्नानं दानं जपं होमं यदस्यां कुरुते नरः ।।३९।।
जो मनुष्य यस निर्जला एकादशीमा प्रत्येक प्रहरमा स्नान, दान, जप, होम गर्दछन् त्यस्ता जनले करौडौँ पल सुन दान गरेबराबरको फल पनि  प्राप्त गर्दछन् । 

उपोषिता च विधिवद्वैष्णवं  पदमाप्नुयात् । सुवर्णमन्नं वासांसि यदस्यं सम्प्रदीयते ।।४१।।
 अर्थात् विधिवत् एकादशीको उपवास बसेर सुन, अन्नादि दान गर्नाले अक्षय पुण्य प्राप्त हुने गर्दछ । उत्तम गतिका निम्ति पनि एकादशीको उपासना गर्नुपर्दछ । 

ब्रह्महत्या, अभक्ष (खानु नहुने कुरा खाएको), नगर्ने कुरा गरेको गुरुद्वेष आदि सम्पूर्ण पाप यस एकादशीको व्रत धारणले नष्ट हुन्छन् भनी यसरी बताइएको छ । 
ज्येष्ठे मासि सिते पक्षे प्राप्यन्ति परमं पदम् ।  
ब्रह्महा मद्यपः स्तेनो गुरुद्वेष्टा सदाऽनृती ।।४४।। 
यस एकादशीको व्रत धारणले परमपद अर्थात् मोक्ष प्राप्त गर्दछन् ।
यसैगरी सय कुलका पाप नष्ट हुने  निर्जला एकादशीको महिमा रहेको  पाइन्छः  
कुलानां च शतं साग्रमनाचाररतां सदा । 
आत्मना सह सन्नीतं वासुदेवस्य मन्दिरम् ।।
यो एकादशीको व्रतधारणले एकसय एक कुललाई पार लगाई वासुदेवमो दिव्य धाम प्रदान गर्दछ । 
यसैगरी –
अन्नं पानं तथा गावो वस्त्रं शøयाऽऽसनं शुभम् ।
 कमण्डलुस्तथा छत्रं दातव्यं निर्जलादिने ।।५२।।
 उपानहौ र या दद्यात् पात्रभूते द्विजोत्तमे । 
स सौवर्णेन यायेन स्वर्गलोकं व्रजेत् ध्रुवम् ।।५३।।
जसले खानपिनका सामग्री, शय्या, आसन, कमण्डलु, छाता, जुत्ता, सत्पात्र ब्रहमणलाई  जसले निर्जला एकादशीका दिन दान गर्छन् त्यस्ता व्यक्ति सुनको विमान चढेर स्वर्गको भोग गर्दछन् । 

यसैगरी जसले भक्तिपूर्वक यो कथा सुन्छन् र सुनाउछन् ती दुवैले स्वर्गको आनन्दभोग गर्न पाउछन् । भनी एकादशीको माहात्म्य बताइएको छ । 

  

No comments:

Post a Comment