योगिनी एकादशीव्रत महिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 15, 2020

योगिनी एकादशीव्रत महिमा


                                                                                                       नारायणप्रसाद निरौला,ज्योतिषाचार्य

आषाढ कृष्णपक्षको एकादशी तिथीलाई योगिनी भनिन्छ । सारा पापलाई नष्टगरी यो लोकमा भुक्तिका साथै परलोमा पनि मुक्ति प्रदान गर्ने एकादशीको नाम योगिनी हो । संसाररूपी दुःखबाट पार लगाई महापाप पनि नष्टगर्ने एकादशीको महिमा युधिष्ठिरलाई भगवान् श्रीकृष्णले बताउनुभएको यसरी बताउनुभएको छ ः 

सर्वपापक्षयकर भुक्तिमुक्तिप्रदायकम् । 

आषाढस्याऽसितेपक्षे योगिनी ना नामतः ।।३।। 

एकादशी नृपश्रेष्ठ महापातकनाशिनी । 

यो एकादशीको प्रभाव स्वर्ग मत्र्य र पाताल तिनै लोकमा प्रसिद्ध रहेको छ । जसको प्रभावले सम्पूर्ण पाप नष्ट भई पुण्यको उदय हुने गर्दछ ।  

व्रत कथा

अलकाधिपतिर्नाम्ना कुवेरः शिवपूजकः । 

 तस्याऽऽसीत् पुष्पबटुके हेममालीति नामतः ।।६।।

स्वर्गको अलकापुरीमा राजा कुवेर शिवजीको नित्य आराधना गर्ने गर्दथे । हेम नामको एक माली पूजनको लागि फूल ल्याउने गर्दथे । हेमकी विशालाक्षी नामकी सुन्दर पत्नी थिइन् । पत्नीको सुन्दरताले हेममाली प्रायः कावासनामा नै लिप्त हुने गर्दथ्यो । एक दिन त फूल ल्याउनै विर्सिएर पत्नीसँग हास्यविनोदमा समय वित्यो ।

उता राजा फूल मालीले फूल ल्याउने बाटो हेरिरहे । मध्याह्न वित्नलाग्दा पनि पूmल आइपपुगेन । पूजासमय सकिनै लाग्दा पनि माली फूल लिई नआएपछि राजा कुबेरले सेवकहरूलाई आज्ञा दिए कि तिमीहरू गएर माली न आउनाको कारण पत्ता लगाऊ, किनकी ऊ अहिलेसम्म पुष्प लिएर किन आएछन भनी पठाए । अन्य सेवक मालीलाई खामेज्न जाँदा घरमा पत्नीसँग हास्य विनोदमा हेममाली लिप्त रहेको थाह पाएर र राजालाई साही समाचार सुनाए । यस्तो खबर सुनेर कुवेर क्रोधित भई भन्न लागे – ‘अरे पापी  कामान्ध, तैले मेरो परम पूजनीय ईश्वरहरूका ईश्वर श्री शिवजी महाराजको अनादर गरेको छस् । यसैले म तँलाई श्राप दिन्छु कि तँ स्त्रीको वियोगका साथै कोढी रोगले ग्रसित भई मत्र्यलोकको वास गर्नुपरोस् । 

कुबेरको श्रापले हेम मालीको स्वर्गबाट  पृथ्वीमा पतन भयो । भूतलमा आउने बित्तिकै उसको शरीरमा सेतो कोढ उत्पन्न भयो । उसकी स्त्री पनि उसै समय अंतध्र्यान भई । मृत्युलोकमा आएर मालीले अनेक दुःख भोग गर्न लागे । कष्टकर जंगलमा गएर बिना अन्न र जल समय व्यतीत गर्नुपर्ने बाध्यता आइलाग्यो । रात्रिमा निद्रा पनि लाग्दैनथ्यो, परंतु शिवजीको पूजाका प्रभावले उसलाई पहिलो जन्मको स्मृतिको ज्ञान अवश्य थियो । घुम्दा घुम्दै एक दिन ती माली मार्कण्डेय ऋषिका आश्रममा पुगे । मार्कण्डेय ऋषि ब्रह्मा भन्दा पनि अधिक वृद्ध थिए । उनको आश्रम ब्रह्माकै सभा झैं लाग्दथ्यो । सोही सभामा गई  हेम माली ऋषिका पाउमा  शरण परे  । 

ती मालीलाई देखेर मार्कण्डेय ऋषिले भने तिमीले यस्तो कुन पाप गरेका छौ, जसका प्रभावले तिम्रो यो हालत भयो । हेम मालीले सारा वृत्तान्त सुनाए ।  यो सुनेर ऋषि बताउनु भयो – निश्चित नै तिमीले  मेरा सम्मुख सत्य वचन भनेका छौ । यसैले तिम्रो उद्धारका लागि म एक व्रत बताउँछु ।

आषाढकृष्णपक्षे त्वं योगिनीव्रतमाचर । अस्य व्रतस्य पुण्येन कुष्ठात् त्वं मुच्यते ध्रुवम् ।।३१।।

आषाढकृष्ण पक्षको योगिनी नामक एकादशीको विधिपूर्वक व्रत गर, सम्पूर्ण पाप नष्ट  हुन्छन् । 

यो सुनेर हेम मालीले अत्यन्त प्रसन्न भएर मुनिलाई साष्टाङ्ग प्रणाम गरे । हेम मालीले मुनिको कथनानुसार विधिपूर्वक योगिनी एकादशीको व्रत बसे । यस व्रतका प्रभावले आफ्नो पुरानो स्वरूप प्राप्त भयो । पत्नी पनि उही रूपमा प्राप्त गरी पुुनः आनन्दपूर्वक जीवन यापन गर्न लागे । 

व्रतफल 

यसरी सारा पापलाई नष्टगरी यो लोकमा भुक्तिका साथै परलोमा पनि मुक्ति प्रदान गर्ने एकादशीको नाम योगिनी हो । संसाररूपी दुःखबाट पार लगाई महापाप पनि नष्टगर्ने योगिनी एकादशीको व्रतफल बताइएको छ  ।  

अष्टाशीति सहस्राणि द्विजान् भोजयते तु यः । 

तत् फलं समवाप्नोति योगिनीव्रतकृन्नरः ।।३५।। -भविष्योत्तरपुराण, श्रीकृष्णयुधिष्ठिरसंवाद_ 

अर्थात् योगिनी एकादशीको व्रत धारणले ८८ हजार ब्राह्मणहरूलाई भोजन गराए बरावरको फल प्रापत हुने गर्दछ । व्रतको प्रभावले सम्पूर्ण पाप नष्ट भई स्वर्गको आनन्दभोग पनि प्राप्त हुने गर्दछ । 

व्रतविधान

व्रत रहनु पवित्रताको वरण गर्नु हो । व्रत जो कोही व्यक्तिले पनि लिन सकिन्छ । व्रतमा सत्यवचन, अहिंसा, परोपकार एवं भगवत्सेवा भने अनिवार्य रहने गर्दछ । समदर्शी हुनु पनि व्रती रहनु नै हो । मनलाई पवित्र बनाई गरिएको व्रत पूर्णतः फलदायी रहन्छ । 

व्रतरहनुभन्दा अघिल्लो दिनदेखि पवित्र वस्नु पर्दछ । एकादशीका दिन प्रातः शौचस्नानदि कार्य गरी पूजा सामग्री सम्पादनपश्चात् व्रतको सङ्कलप गर्नुपर्दछ । सो पश्चात् दीप, कलश गणेशजीका साथै लक्ष्मीनारायण भगवान्को षोडशोपचारले पूजा गर्नुपर्दछ । 

भगवान्को नामसंकीर्तनका एवं सन्ध्यामा आरतीका साथै रातमा जाग्रम वस्नु पनि उत्तम मानिएको छ । यसैगरी द्वादशीका दिन प्रातः स्नान गरी संकल्पपूर्वक पूर्णपात्र दानका साथै ब्रह्मणभोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्र पूर्णतः फलदायी रहन्छ भनी एकादशी माहात्म्यमा बताइएको छ । यसैगरी एकादशीको व्तकथा श्रवण गर्नाले वा गराउनाले पनि पुण्य प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । 



No comments:

Post a Comment