श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २० तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन शुक्लपक्षको तृतीया तिथि दिवा ९।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । चित्रा नक्षत्र विहान ६।१३ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।५२ मा छ भने सूर्यास्त बेलुका ६।१ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज आइतवार सूर्य भगवान्को उपासनाका साथै राता वसतुको प्रयोग लाभदाायी रहनेछ ।
उपप्राध्यापकनारायणप्रसादनिरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment