आज मंगलवार, कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन ६ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 21, 2020

आज मंगलवार, कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन ६ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २२ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको षष्ठी तिथि राति ३।६ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अनुराधा नक्षत्र दिवा १।३५  बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५२ मा छ भने सूर्यास्त बेलुका ५।५८ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।  

आज मंगलवार गणेशजीको उपासनाका साथै राता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज हनुमानजीको उपासना एवं तत् सम्बद्ध मन्त्रजप एवं पाठ पनि शुभफलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment