आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ८ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 23, 2020

आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ८ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २४ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ । 

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन शुक्लपक्षको अष्टमी तिथि राति ११।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मूल नक्षत्र राति ११।३४ बजेसम्म रहनेछन् । यसैगरी आज आयुष्मान् योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५३ मा छ भने सूर्यास्त बेलुका ५।५६ बजे हुनेछ । 

चन्द्रमा आज धनु राशिमा रहेका छन् । आज अष्टमीव्रत लिने दिन हो । अष्टमीमा महाकाली भगवतीको उपासना हुने गर्दछ । यसैगरी आज गोरखकाली भगवतीको पनि विशेष उपासना हुने गर्दछ । 
  उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्

No comments:

Post a Comment