आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 24, 2020

आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ९ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २५ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको नवमी तिथि राति ११।३९  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र राति ११।६ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५४ मा छ भने सूर्यास्त बेलुका ५।५५ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् । 

 

आज शुक्रवार इनद्रायणी भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज सेता वस्तुको प्रयोग पनि लाभप्रद रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

 

No comments:

Post a Comment