आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 25, 2020

आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १० गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २६ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको दशमी तिथि राति ९।४४  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र राति ११।५ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।५४ मा छ भने सूर्यास्त बेलुका ५।५४ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका  छन् ।  

आज शनिवार पिपलको दर्शन पूजन एवं जल अर्पण लाभदायी रहनेछ । यसैगरी आज शनिजन्य दोष निवृत्तिका निम्ति ॐ शं शनिशचराय नमः भन्ने मन्त्र जपका साथै शनिमृत्युञ्जयको पाठ लाभदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment