आज बुधवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १४ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 29, 2020

आज बुधवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १४ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको ३० तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको चतुर्दशी तिथि राति ११।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  पूर्वाभाद्रपदा नक्षत्र राति ३।४८   बजेसम्म रहनेछन् । यसैगरी आज  गण्ड योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।५६ मा छ भने सूर्यास्त बेलुका ५।४९ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका   छन् ।  

आज बुधवार हरिया वस्तुको प्रयोगका साथै लक्ष्मीनारायण भगवान्को उपासना लाभदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment