आज बुधवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 22, 2020

आज बुधवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ७ गते

 



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २३ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको सप्तमी  तिथि राति १।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र राति १२।२५  बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।५३ मा छ भने सूर्यास्त बेलुका ५।५७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।  

आज बुधवार विष्णुलक्ष्मी भगवान्को उपासना लाभदायी रहनेछ । यसैगरी आज हरिया वस्तुको प्रयोग पनि शुभ रहन्छ । 

 उपप्राध्यापकनारायणप्रसादनिरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment