आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ आश्विन १३ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 28, 2020

आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ आश्विन १३ गते






श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २९ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको त्रयोदशी तिथि राति १०।२३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  शतभिषा नक्षत्र राति १।५५   बजेसम्म रहनेछन् । यसैगरी आज  शूल योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५६ मा छ भने सूर्यास्त बेलुका ५।५० बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका   छन् ।  

आज प्रदोषव्रत परेको छ । त्रयोदशीको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले आज शिवजीको उपासना गरी प्रदोषव्रत धारण गरिन्छ । प्रदोषव्रतधारणले अभीष्टफल प्राप्त हुनेछ शास्त्रीय मान्यता रहेको छ । 

 नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment