आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन २८ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 13, 2020

आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन २८ गते

 



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १४ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको  द्वादशी तिथि बिहान ८।२३  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  पूर्वाफाल्गुनी नक्षत्र बेलुका ६।५८  बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।०४ मा छ भने सूर्यास्त बेलुका ५।३५४ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।  

आज प्रदोषव्रत परेको छ । प्रदोषमा केवल शिवजीको उपासना लाभप्रद रहनेछ । बुधवार परेको प्रदोषव्रत धारण गर्नाले ज्ञान एवं ऐश्वर्यमा वृद्धि हुने फल वर्णन पाइन्छ । त्रयोदशीको सन्ध्यायुक्तसमय विशेष दोषयुक्त रहन्छ । यसैले आजको सन्ध्याकालमा शिवजीको उपासना शुभफलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment