आज बिहीवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन २९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 14, 2020

आज बिहीवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन २९ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १५ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको  त्रयोदशी  तिथि बिहान ६।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  उत्तराफाल्गुनी नक्षत्र बेलुका ५।३६   बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।०४ मा छ भने सूर्यास्त बेलुका ५।३३ बजे हुनेछ । चन्द्रमा आज कन्या  राशिमा रहेका छन् ।  


आज बिहीवार दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज पहेला वस्तुको प्रयोग पनि शुभ रहनेछ । विद्याभ्यास गर्नेका निम्ति पनि आज उत्तम दिन हो । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment