आज औँसी तिथि, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन ३० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 15, 2020

आज औँसी तिथि, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन ३० गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको  औँसी  तिथि राति ज्ञ।५३  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  हस्ता नक्षत्र दिवा ४।३  बजेसम्म रहनेछन् । यसैगरी आज ऐेन्द्र योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय बिहान ६।०५ मा छ भने सूर्यास्त बेलुका ५।३२ बजे हुनेछ । चन्द्रमा आज कन्या  राशिमा रहेका छन् ।  


आज यो वर्षको अधिकमासको अन्तिम दिन हो । यसैले पुरुषोत्तम भगवान्को उपासना गरी मालपुवा दान आज उत्तम रहनेछ । यसैगरी आज औँसी तिथि रहेकाले पितृका निम्त दान पुण्यका कर्मका साथै ब्राह्मण भोजन पनि पितृतृप्तिदायी रहने गर्दछ ।  

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment