आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 2, 2020

आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १७ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ३ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको द्वितीया  तिथि राति ५।२९ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  रेवती  नक्षत्र बिहान ८।३५  बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।५८ मा छ भने सूर्यास्त बेलुका ५।४६ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका   छन् ।  

आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन लाभदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका निम्ति शनि महाकाल मृत्युञ्जयको जप पाठ लाभप्रद रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment