श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ११ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको नवमी तिथि दिवा १२।१६ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । तिष्य नक्षत्र राति ९।१० बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।०२ मा छ भने सूर्यास्त बेलुका ५।३७ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग आज शुभ रहनेछ । यसैगरी सूर्यभगवन्लाई अर्घदान पनि आज शुझफलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment