श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १२ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको दशमी तिथि दिवा ११।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अश्लेषा नक्षत्र राति ८।५१ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।०३ मा छ भने सूर्यास्त बेलुका ५।३६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपानाका साथै सेता वस्तुको प्रयोग रहनेछ । यसैगरी आज चन्द्रजन्य दोष निवारणका निम्त चन्द्रमाको मन्त्र जप एवं पाठ पनि शुभ फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment