श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि राति ९।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । भरणी नक्षत्र राति ८।५८ बजेसम्म रहनेछन् । यसैगरी आज व्यतीपात योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१५ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज आइतवार सूर्यनारायणभवान्को उपासनाका साथै राता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज विहान सूर्यलाई अर्घदान गर्नाले सूर्यजन्य दोष निवारण हुनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment