आज रमा एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २६ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 10, 2020

आज रमा एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २६ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ११ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको एकादशी  तिथि राति ८।४१  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र राति १।४३ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।२२ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।  


आज रमा एकादशीव्र परेको छ । कार्तिक कृष्णपक्षमा पर्ने एकादशीको नाम रमा हो । राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्ने क्रममा श्रीकृष्ण भगवान्ले रमाएकादशीको व्रत महिमा यसरी उल्लेख गर्नुभएको छ  :

श्रूयतां राजशार्दूल कथयामि तवाऽग्रतः । 

कार्तिके कृष्णपक्षे तु रमा नाम्नी सुशोभना ।।

एकादशी समाख्याता महापाप हरा परा । भविष्योत्तरपुराण,  एकादशीमाहात्म्य, २३।२ 

अर्थात् कार्तिक शुक्ल एकादशीको नाम रमा हो । जुन एकादशीको व्रत धारण गर्नाले महापापबाट पनि मुक्ति मिल्ने गर्दछ । 

एकादशीको व्रत धारण गर्नाले भुक्ति र मुक्ति दुवै कुरा प्राप्त हुने फल पनि वर्णन गरिएको छ ।  यसका साथै  एकादशीको माहात्म्य श्रवण गर्नाले वा सुनाउनाले पनि पुण्य फल प्राप्त हुने गर्दछ । 


  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment