आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 11, 2020

आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २७ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १२ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको द्वादशी  तिथि राति बेलुका ६।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । हस्ता नक्षत्र राति १२।१२ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।२३ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ । चन्द्रमा आज कन्या  राशिमा रहेका छन् ।  

आज प्रदोषव्रत परको छ । त्रयोदशीयुक्त सन्ध्याकालीन समय भएको दिन प्रदोष व्रत रहने गर्दछ । त्रयोदशीयुक्त सन्ध्याकालीन समय दोषयुक्त रहन्छ । यसैले आज केवल शिवजीको उपासना शुभ फलदायी रहन्छ । विहीवारको प्रदोषव्रत धारण गर्नाले धन ऐश्वर्यमा अभिवृद्धि हुने गर्दछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment