श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १३ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि दिवा ४।१२ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । चित्रा नक्षत्र राति ८।३४ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।२४ मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।
आज कागतिहार हो । यसैगरी आजको दिनलाई धनतेसर वा धन्वन्तरिजयन्ती पनि भनिन्छ । यसैगरी आजबाट यमपञ्चकको पनि आरम्भ भएको छ । यमपञ्चकसँगै काग, कुकुर, लक्ष्मी, गाई, गोबद्र्धन एवं भाइपूजा गरी तिहार पर्व हर्षोल्लासपूर्वक मनाइन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment