आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ कार्तिक १७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 2, 2020

आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ कार्तिक १७ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको २ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको  द्वितीया  तिथि राति ११।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  कृत्तिका नक्षत्र राति ११।२१ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।१६ मा छ भने सूर्यास्त बेलुका ५।१७ बजे हुनेछ । चन्द्रमा आज वृष  राशिमा रहेका छन् ।  

आज सोमवार, शिवजीको उपासनाका साथै सेता वस्तुको प्याग लाभदायी रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवृत्तिका निम्ति आज ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप शुभफलदायी रहनेछ ।  

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment