आज बुधवार, शुभबिहानीसहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक १९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 3, 2020

आज बुधवार, शुभबिहानीसहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक १९ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ४ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको  चतुर्थी तिथि राति २।११   बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मृगशिरा  नक्षत्र राति ३।३ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र  बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।१७ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ । चन्द्रमा आज वृष  राशिमा रहेका छन् ।  


आज बुधवार हरिया वस्तुको प्रयोगका साथै लक्ष्मीनारायणभगवान्को उपासना लाभदायी  रहनेछ ।

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment