आज बिहीवार कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 4, 2020

आज बिहीवार कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २० गते


 

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ५ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको  पञ्चमी तिथि राति २।४८  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  आद्र्रा  नक्षत्र राति ४।१३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र  कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१८ मा छ भने सूर्यास्त बेलुका ५।१५ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।  


आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग आज शुभ फलदायी रहनेछ । 

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

 


No comments:

Post a Comment