आज शुक्रवार कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २१ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 5, 2020

आज शुक्रवार कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २१ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको षष्ठी  तिथि राति २।५४  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  पुनर्वसु  नक्षत्र राति ४।५२ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र  गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।१९ मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।  

आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ फलदायी रहनेछ । यसैगरी कला एवं मनोरञ्नाका कार्यारम्भ पनि आज शुभ रहनेछ । 

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment