आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २२ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 6, 2020

आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २२ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ७ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको सप्तमी  तिथि राति २।२९  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  तिष्य नक्षत्र राति ५।३ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र  भद्रा  करण रहेका छन् । आज सूर्योदय बिहान ६।२० मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ । चन्द्रमा आज ककृट राशिमा रहेका छन् ।  


आज शनिवार, शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन लाभदायी रहनेछ । यसैगरी आज शनिजन्य दोष निवारणका निम्ति शनिमृत्युञ्जयको पाठ लाभदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद्  

 

No comments:

Post a Comment