श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ९ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको नवमी तिथि राति १२।१८ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मघा नक्षत्र राति ४।४ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।२१ मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज चन्द्रजन्य दोष निवारणका निम्ति ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप पनि लाभप्रद रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment