आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 9, 2020

आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २५ गते



 श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १० तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको दशमी  तिथि राति १०।३८   बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र राति ३।२ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।२२ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।  

आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना लाभदायी रहनेछ । यसैगरी आज राता वस्तुको प्रयोग शुभ रहनेछ ।  

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment