आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ कार्तिक १८ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 2, 2020

आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ कार्तिक १८ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको १८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको ३ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको  तृतीया  तिथि राति १।५  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति १।२५ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र  वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।१७ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ । चन्द्रमा आज वृष  राशिमा रहेका छन् ।  


आज मंगलवार गणेशजीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहने छ । यसैगरी आज हनुमानजीको आराधना पनि मंगलदायी रहनेछ । 

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment