आज बिहीवार, कस्ता कार्यका निम्त शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ पौष २ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 16, 2020

आज बिहीवार, कस्ता कार्यका निम्त शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ पौष २ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको १७ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको तृतीया तिथि बेलुका ५।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र राति १०।२४ बजेसम्म  रहनेछन् । यसैगरी आज ध्रुव योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।५० मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज  मकर  राशिमा रहेका   छन् । 

 

आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग शुभ फलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment