साप्ताहिक राशिफल २०७७ पौष ५–११ गतेसम्म - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 19, 2020

साप्ताहिक राशिफल २०७७ पौष ५–११ गतेसम्म

 


मेष राशिः कर्मक्षेत्र– यो साता फलदायी रहनेछ ।   यो साता चन्द्रमाको अधिक समय नै अनुकूल देखिन्छ । जसले कार्यक्षेत्रलाई सबल तुल्याएका छन् । धातुजन्य वस्तुको कार्यव्यवसाय उन्नत रहने देखिन्छ । आर्थिक दृष्टिले यो साता मध्यमफलदयी रहनेछ । धनभावमा राहुको निवासले स्वास्थ्यका क्षेत्रमा केही खर्च गर्नुपर्ने देखिन्छ । मंगल र बुधवारको समय खर्चिले रहनसक्ने देखिन्छ । उक्त दिन लेनदेनका कार्यमा सजग रहनु नै उचित हुनेछ । व्यापार व्यवसायमा उन्नति नै हुने देखिन्छ । विद्याको क्षेत्र–  अनुकूल नै रहनेछ ।  सृजनात्मक कार्यमा अग्रसरता रहने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभका योग देखिन्छन् ।  धार्मिक एवं आध्यात्मिक दृष्टिले साता सुखद् रहनेछ । प्राकृतिक परिभ्रमणका अवसर पनि प्रापत् हुनेछन् । स्वास्थ्यको  भाव मध्यम फलदायी रहनेछ । खानपानमा सजग रहनु नै उचित हुने देखिन्छ । पारिवारिक  पक्ष सबल नै देखिन्छ । पे्रम प्रणमा पनि सफलता मिल्नेछ ।  मंगल र बुधवारको समयमा भने विशेष कार्य थालनी नगर्नु नै उचित रहने देखिन्छ । 


वृष राशिः वृष राशिका लागि यो साता अर्थकरी रहनेछ । व्यवसायमा उन्नतिका साथै लगानीका नयाँ स्रोत प्राप्त हुनेछन् । धनको क्षेत्र सबल देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । जलीय वस्तुबाट लाभ हुनेछ ।  लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । प्रेममा पारख बढ्नुका साथै सम्बन्धमा प्रगाढता थपिने देखिन्छ ।  विद्याको भाव मध्यम फलदायी रहनेछ ।  कला साहित्यको  क्षेत्र पनि यो साता मनोरम रहनेछ । खेल क्षेत्रबनट पनि लाभका योग देखिन्छन् । सेयर कारोबारबाट पनि उचित प्रतिफल मिल्ने देखिन्छ । शत्रु पक्ष  निर्वल रहनेछन् । स्वास्थ्यको भाव सबल रहनेछ । कृषि व्यवसयबाट पनि लाभका योग देखिन्छन् । वैदेशिक पक्ष पनि सुखद् नै रहनेछ । बिहीवारपछिको समय केही संघर्षदायी रहनसक्नेछ । तत् समयमा मन पक्षलाई बुद्धिको नियन्त्रणमा राख्नाले साता फलिभूत रहने देखिन्छ । 


मिथुन राशिः  मिथुन राशिका लागि साता सफल रहनेछ ।  भाग्यको क्षेत्र बलवान् देखिन्छ । चन्द्रमाको अधिकतम अनुकूलताले व्यवसायमा पनि वृद्धि गराउने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । कृषि व्यवसायमा अन्नबालीबाट लाभ रहनेछ । सेयरको क्षेत्र वृद्धिदायी देखिन्छ । लगनीका नयाँ मार्ग प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । कार्यव्यवसायमा उन्नतिका साथै नयाँ लगानीका अवसर पनि प्राप्त हुने देखिन्छ । मित्र पक्ष सबल रहनेछन् । पारिवारिक सुखका साथै प्रेम प्रणय पनि यो साता फलिभूत रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको भाव पनि उन्नत नै देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्रतिस्पर्धामा पनि अग्रस्थान प्राप्त हुने देखिन्छ । राजनीतिक रूपले पनि साता प्रभावकारी रहने देखिन्छ । निर्णय प्रक्रियामा अडिग । रहनु नै लाभदायी हुनेछ । कला साहित्य सांगीतिकका साथै खेलको क्षेत्र पनि यो साता सुखद् रहने देखिन्छ । 


कर्कट रािश ः  कर्कट राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारसम्म कार्यमा व्यवस्तता रहनुका साथै अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । तत् समयमा चन्द्रमाको प्रतिकूलताले खर्चमा वृद्धि गराउन सक्नेछन् । तत् समयमा खानपिनमा विशेष ध्यान दिनु उचित हुनेछ । शीतकारक वस्तुबाट सजग रहनु होला । मंगलवारपछिको समय  भने सुखद् बन्दै जाने देखिन्छ । क्रमशः कर्मक्षेत्र– मा पनि उन्नति हुँदै जानेछ आर्थिक दृष्टि साता मध्यम फलदायी रहनेछ ।  सेयर व्यवसया साताको उत्तराद्र्धबाट सुखद् रहनेछ । कृषिकर्मीका निम्ति यो साता फलफूल एवं दुग्धजन्य वस्तुबाट लाभ रहनेछ । विद्याको क्षेत्र– मध्यमफलदायी रहनेछ । कला साहित्य एवं संगीतमा पनि अधिक रुचि रहनसक्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट  लाभका योग रहेका छन् । स्वास्थ्यको दृष्टिले यो साता मध्यम फलदायी रहनेछ । पारिवारिक  पक्ष सुखद् नै देखिन्छ । प्रेम प्रणका दृष्टिले साता सुखद् रहनेछ ।  


सिंह राशिः  सिंह राशिका लागि यो साता मिश्रित फलदायी रहनेछ । सृजनात्मक कार्यमा मन अभिप्रेरित रहनुका साथै कला संगीतको क्षेत्र यो साता सुखद् रहनेछ । प्रशासनिक क्षमतामा पनि अभिवृद्धिका योग देखिन्छन् । आय आर्जनमा वृद्धि हुनुका साथै  भौतिक वस्तुबाट विशेष लाभ रहनेछ ।  सेयर एवं वैैकिङ क्षेत्र पनि यो साता उन्नत नै देखिन्छ  । कृषि व्यवसायका साथै  पशु चौपायबाट लाभका योग देखिन्छन् । जग्जा जमीनबाट पनि उचित प्रतिफल प्राप्त हुनेछ । विद्याको भाव लाभप्रद रहनेछ । स्वास्थ्यको हिसाबले यो साता  मध्यम फलदायी रहनेछ । मंगल र बुधवार लेनदेनका साथै खानपिनमा विशेष ध्यान दिनु उचित हुनेछ ।  लगानीका कार्यमा पनि तत् दिन अग्रसर नरहनु नै उचित हुनेछ । आफन्तजनको साथ सहयोग मिल्ने देखिन्छ । प्रेमको भाव  सुखद् रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । राजनीतिको क्षेत्र यो साता संघर्षदायी रहनसक्नेछ । 


कन्या राशिः कन्या  राशिका लागि साता सफल रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । शेयर व्यवसाय पनि फलिभूत नै रहनेछ । द्रव्य लाभका साथै  सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । कर्मक्षेत्र यो साता सबल रहनेछ । पद प्रतिष्ठामा अभिवृद्धिका साथै भौतिक वस्तुबाट पनि लाभका योग देखिन्छन् । भाग्यको क्षेत्र पनि उन्नत रहनेछ । घर परिवारबाट पनि साथ सहयोग मिल्नेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ । प्राविधिक क्षेत्रअध्ययन गर्नेका निम्ति यो साता सुखद् रहनेछ । काला साहित्य एवं मनोरञ्जनको क्षेत्र यो साता मध्यमफलदायी रहनेछ । खेल क्षेत्रबबाट लाभका योग देखिन्छन् । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । सम्बन्धमा प्रगाढता थपिनेछ । बिहीवारबाट भने चन्द्रमाको प्रतिकूलता रहने भएकाले दिन संघर्षमय रहनसक्नेछ । तत् समयमा आर्थिक अस्थिरताका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ । लेन देन एवं खानपानमा भने सजग रहनु उचित हुने देखिन्छ । 


तुला  राशिः  तुला राशिका लागि साता अर्थदायी रहनेछ । व्यवसायमा वृद्धिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । । पारिवारिक  साथ सहयोग मिल्ने देखिन्छ ।  भौतिक वस्तुबाट लाभ रहनुका साथै प्राज्ञिक कार्यमा मन अभिप्रेरित रहनेछ कृषि कर्मीका निम्ति अन्नबालीका साथै पशु चौपायको व्यवसाय फलप्रद रहनेछ । कला साहित्य एवं सृजनाको क्षेत्र पनि उर्वर रहनेछ । राजनीतबाट पनि लाभका योग देखिन्छन् ।  जलीय वस्तुबाट लाभ रहनुका साथै शेयर  लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । स्वास्थ्यको भाव सबल देखिन्छ ।  पे्रम प्रणका दृष्टिले साता सुखद् रहनेछ । दाम्पत्य सुखका योग रहेका छन् ।  खेलकर्मीका निम्ति साता मध्यमफलदायी रहनेछ । 


वृश्चिक राशिः वृश्चिक  राशिका लागि साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । सोमवारसम्म ग्रहबल केही प्रतिकूल देखिन्छन् । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ । मंगलवारपछिको समय सुखद् बन्दै जानेछ ।  आय आर्जनका स्रोत क्रमशः बढ्दै जानेछन् । धार्मिक कार्यमा रुचि बढ्नुका साथै अध्यात्म चिन्तनमा पनि केही समय व्यतीत हुने देखिन्छ ।  व्यवसायमा पनि क्रमशः वृद्धिका योग देखिन्छन् ।  सेयरको लगानी प्रतिफलदायी बन्नेछ । पारिवारिक सुख मिल्नुका साथै प्रेम जीवन पनि सुखद् रहनेछ । सम्बन्धका नयाँ आयाम थपिनेछन् । कार्यक्षेत्रमा पनि प्रद प्रतिष्ठा प्राप्तिका योग देखिन्छन् । मित्र सहयोग मिल्नेछ ।  आयमा वृद्धिका साथै  सुखद्यत्राका अवसर पनि प्राप्त हुनेछन् । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने साताको राशिफल रहेको छ । 


 धनु राशिः  धनु राशिका लागि साता मिश्रित फलदायी रहनेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि उचित प्रतिफल प्राप्त् हुने देखिन्छ । नयाँ काय प्राप्तिका योग देखिन्छन् । आर्थिक दृष्टिले साता सुखद् नै रहनेछ । धातुजन्य वस्तुबाट लाभका योग देखिन्छन् । सेयर व्यवसायमा वृद्धिका सूचक देखापर्नेछन् । मंगल र बुधवारको समय भने खर्चमा वृद्धिहुनसकने देखिन्छ । कृषिकर्मीका निम्त पशु चौपायको व्यवसाय लाभप्द रहनेछ ।   पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । राजनीति एवं खेलको क्षेत्र यो साता सुखद् देखिन्छ । विद्याको भाव मध्यम फलदायी रहनेछ । प्राविधिक क्षेत्रकाके अध्ययन गर्नेका निम्त साता सुखद्  रहनेछ ।  वैदेशिक क्षेत्रबाट पनि लाभका योग देखिन्छन् ।  मंगल र बुधवार चन्द्रमा प्रतिकूल रहनसक्नेछन् । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । तत् समयमा विशेष निर्णयका कार्यमा अघि नबढ्नु नै उचित हुनेछ । यसैगरी तत् समयमा स्वास्थ्यमा पनि सजग रहनु नै लाभप्रद देखिन्छ । 


मकर राशिः मकर राशिका लागि साता लाभदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । नयाँ कार्यमा मन अग्रसर रहनुका साथै व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् । भूधन लाभप्रद रहनेछ । मंगलको प्रभावले सातालाई यात्रादायी पनि बनाएको देखिन्छ । प्राविधिक कार्यक्षेत्र हुनेका निम्ति साता सुखद् रहनेछ ।  विद्याको भाव पनि फलदायी रहने देखिन्छ । आर्थिक पक्ष सबल नै रहनेछ । लेनदेनका कार्यमा बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । सेयर व्यवसाय यो साताको पूर्वाद्र्धमा सुखद् रहने देखिन्छ । कला एवं संगीतको क्षेत्र यो साता मध्यमफलदायी रहनेछ । केही संघर्ष गर्नुपरे पनि उचित प्रतिफल प्राप्त हुने देखिन्छ । विद्याको भाव सबल देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै शोध अनुसन्धानका कार्यमा विशेष संलग्नता रहनेछ । कृषि व्यवसायीका निम्ति पुष्प एवं तरकारीको क्षेत्र उन्नत देखिन्छ । बिहीवारबाट भने ग्रहबलमा केही कमी रहनेछ । जसले शारीरिक आलश्यताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता निम्त्याउनसक्ने देखिन्छ । शत्रुपक्षबाट पनि सजग रहनु नै उचित हुने साताको राशिफल रहेको छ । 



कुम्भ राशिः कुम्भ राशिका लागि यो साता उन्नतिकारक रहनेछ । कर्मक्षेत्र– सबल देखिन्छ । साताभरि नै ग्रह अनुकूल रहनेछन् । कार्य लाभका साथै पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । मित्र पक्ष सबल रहनेछन् । आर्थिक दृष्टिले साता सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषिकर्मीका निम्ति फलफूल एवं दुग्धजन्य वस्तुबाट लाभ रहनेछ । सेयर व्यवसाय सुखद् नै देखिन्छ । विद्याको क्षेत्र– सफल रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ ।  कला साहित्य एवं संगीतमा पनि रुचि बढ्ने देखिन्छ । सांगीतिक क्षेत्रबाट यो साता लाभ रहनेछ ।  वैदेशिक क्षेत्रबाट पनि उन्नति हुने देखिन्छ । घर पारिवारिकबाट साथ सहयोग मिल्ने देखिन्छ । प्रेम पक्ष उन्नत रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछ ।  अध्यात्मिचिन्तनका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । राजनीति एवं खेलेको क्षेत्र यो साता मध्यम फलदायी रहनेछ । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । कार्यप्रभावकारितामा वृद्धि हुनेछ । मित्रपक्षको साथ र सहयोगले साता सार्थक रहने देखिन्छ ।  

 

मीन राशि :  मीन  राशिका लागि साता मिश्रित फलदायी रहनेछ । साताको आरम्भमा ग्रहबल केही कमजो रहनेछन् । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा वृद्धि गराउनसक्ने देखिन्छ । तत् समयमा शुत्रपक्षबाट पनि सजग रहनु उचित हुनेछ । मंगलवारपछिको समय भने सुखद् रहने देखिन्छ ।  व्यवसायमा पनि क्रमशः उन्नति हुने योग देखिन्छ । प्रेम जीवन यो साता मध्यम फलदायी रहनेछ । कार्यक्षेत्रमा साताको उत्तराद्र्धबाट लाभका साथै पद प्रतिष्ठामा अभिवृद्धिका योग पनि देखिन्छन् । बौद्धिक पक्ष यो साता सुखद् रहनेछ । अर्थ वाणिज्यको क्षेत्र पनि उन्नत नै देखिन्छ ।  लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र पक्षको साथ सहयोग प्राप्त हुने देखिन्छ । विद्याको भाव फलदायी देखिन्छ  । कला साहित्य एवं संगीतका क्षेत्रामा सफलता मिल्नेछ । धार्मिक कार्यमा पनि संलग्ता रहने साताको राशिफल रहेको छ । 


उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्


No comments:

Post a Comment