श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १२ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको चतुर्दशी तिथि दिवा ११।५१ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मूल नक्षत्र बिहान ७।३९ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र शकुनि करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२७ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् ।
आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना गर्ने उत्तम दिन हो । आज गणेशजीलाई दुवो एवं लड्डुका साथै हनुमानजीलाई सिन्दुरको अर्पण शुभ फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment