श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको तृतीया तिथि बिहान ८।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज व्यतीपात योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।३० बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजान शुभ फलदयी रहनेछ । शनिजन्य दोष निवृत्तिका निम्ति शनिमृतयुञ्जयको पाठ पनि शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment