आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ ४ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 16, 2021

आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ ४ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १७ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको चतुर्थी तिथि बिहान ९।२१  बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र बिहान ७।४३ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।३१ बजे हुनेछ । चन्द्रमा आज  कुम्भ राशिमा रहेका   छन् ।  

आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजान शुभ फलदयी   रहनेछ । शनिजन्य दोष निवृत्तिका निम्ति शनिमृतयुञ्जयको पाठ पनि शुभ रहनेछ । 


आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग  लाभप्रद रहनेछ । यसैगरी आज सूर्यजन्य दोष निवारणका निम्त आदित्यहृदयस्तोत्रपाठ पनि शुझलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment